चन्द्रगढी–काठमाडौँ रात्रिकालिन उडान ६ हजार यात्रुले लिए सेवा

  प्रकाशित मिति
२५ बैशाख २०७६, बुधबार ०७:१५


अर्जुन कार्की

भद्रपुर ÷ नागरिक उड्डयन कार्यालय भद्रपुरद्वारा सञ्चालित रात्रिकालिन उडानबाट करिव ६ हजार यात्रुले सेवा लिएको पाइएको छ ।
नागरिक उड्डयन कार्यालयका अनुसार करिव तीन महिनामा ६ हजार यात्रुले सेवा लिएको पाइएको छ ।

चन्द्रगढी हवाइ मैदानबाट काठमाडौँका लागि बुद्ध एयरले रात्रिकालिन सेवा सञ्चालन गरेको हो । बुद्ध एयरले फ्रेबवरी ३ तारिक अर्थात २०७५ माघ २० गतेदेखि चन्द्रगढी एयरपोर्टबाट रात्रिकालिन सेवा शुरु गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रगढी हवाइ मैदानबाट दिइने रात्रिकालिन सेवाको उद्घाटन गरेका थिए ।

उद्घाटन भएको चौथो दिनदेखि नै बुद्ध एयरले सेवा सञ्चालन गरेको नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रबन्धक पूर्णप्रसाद चुडालले जानकारी दिए । चन्द्रगढी हवाइ मैदानको स्तरोन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बुद्ध एयरले ३० जनवरी बेलुकादेखि काठमाडौँका लागि परिक्षण उडान गरेको थियो ।

बेलुका ६ः१० बजेदेखि चन्द्रगढी–काठमाडौँको सेवा सञ्चालन भइरहेको बुद्ध एयर चन्द्रगढीका स्टेशन म्यानेजर ओम प्रधानले बताए । ७० सिट क्षमता भएको बुद्ध एयरको एटिआर–७२ ले चन्द्रगढीबाट काठमाडौँका लागि दैनिक रात्रिकालिन उडान भर्ने गरेको उनले बताए ।

पहिलो दिन ४९ जना यात्रु लगेको बुद्ध एयरले हाल दैनिक ६० देखि ६५ जनासम्म यात्रु भद्रपुर–काठमाडौँ तथा काठमाडौँ–भद्रपुर उडान भर्ने गरेको प्रधानले जानकारी दिए ।
मौसमको प्रतिकुलता बाहेक बुद्ध एयरले रात्रिकालिन उडान नियमित गरिरहेको उनको भनाई छ । रात्रिकालिन उडानको टिकटको मुल्य ५ हजार ५ सयदेखि ९ हजार रुपैयाँसम्म पर्छ । कहिलेकाहिँ उक्त टिकटमा कमबेस पनि भइरहेको प्रधानले बताए ।

‘हाल जाने भन्दा पनि आउने कम छन्’, स्टेशन म्यानेजर प्रधानले भने –‘ राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायहरुलाई अझै सबै थाहा छैन । क्रमिक रुपमा थाहा हुँदै गएपछि रात्रिकालिन यात्रुको संख्या बढ्ने छ ।’

बुद्ध एयरले रात्रिकालिन उडान बाहेक ३ वटा जहाजले दिउँसो सेवा दिइरहेको छ । त्यस्तै यतिको सानो ठुलो जहाज २ वटा, श्रीएयरको एउटा जहाजले दिउँसो भद्रपुर–काठमाडौँ तथा काठमाडौँ–भद्रपुर उडान गरिरहको छ ।

यसअघि सौर्य एयरलायन्सले पनि उडान गरेको थियो । वीचमा बन्द रहेको र्सौय जहाजले मंगलबारदेखि फेरी नियमित भद्रपुर–काठमाडौँ उडान शुरु गरेको छ ।
बुद्ध एयरले निकट भविष्यमै झापा–पोखराको हवाइ सेवा पनि सञ्चालन गर्ने गरिको तयारी गरिरहेको जनाएको छ ।

चन्द्रगढी विमानस्थलको प्रबन्धक पदमा चुडाल आएपछि विमानस्थलको भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हुनुका साथै रात्रिकालिन उडान सेवा समेत सञ्चालन भएको छ । सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै उनलाई गत बैशाख ५ गते वीरता जेसीजका पूर्व अध्यक्षहरुद्वारा स्थापित ‘उत्कृष्ट नागरिक सम्मान’ समेत प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: