चन्द्रगढी बनले बाड्यो साबुन र मास्क

  प्रकाशित मिति
१९ चैत्र २०७६, बुधबार १८:५२


भद्रपुर, १९ चैत । चन्द्रगढी सामुदायिक बन उपभोक्ता समूहले आफ्ना उपभोक्ता सदस्यहरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि मास्क र साबुन वितरण गरको छ ।

संस्थाका अध्यक्ष हिरा पोखरेलका अनुसार बन समूहमा २५ सय घर र ५ हजार सदस्य रहेका छन् ।

संस्थाले हरेक घरमा २ वटाको दरले पुग्ने गरी मास्क वितरण गरेको छ ।

जम्मा २५सय वटा डिटल साबुन र ५ हजार मास्क वितरण गरिने पोखरेलले बताए ।

बुधवारबाट समितिका पदाधिकारीहरु आफै सामान वितरण गर्न उपभोक्ताको घरघरै पुग्न थालेका छन् ।

साविक चन्दगढीको वढडा नं. १,२,३,४,५,६ र ९ मा संस्थाका उपभोक्ताहरु रहेका छन् । सचेतनाका लागि पर्चा समेत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: