चन्द्रगढी विमानस्थलमा हुस्सुले छेकेन उडान

  प्रकाशित मिति
२८ पुष २०७७, मंगलवार ०७:५६


चन्द्रगढी विमानस्थलको फराकिलो धावनमार्ग ।

भद्रपुर, २८ पुस । बिराटनगर विमानस्थलका सबै हवाई उडान रद्ध भए । तर चिसो बढेर बाक्लो हुस्सु लाग्न थालेपछि पनि चन्द्रगढी विमानस्थलमा भने नियमित उडान भए । यो खबर हिजोको हो ।

विमानस्थलका प्रमुख मुरारी पौडेलका अनुसार सोमबार चन्द्रगढीबाट सात वटा जहाजले नियमित उडान गरेका छन् । चन्द्रगढी विमानस्थलको हिजोको भिजिविलिटी ३००० सम्म थियो ।

बुद्ध एयरका चार वटा, यति एयरका २ वटा र श्रीएयरको एउटा जहाजले चन्द्रगढीबाट निर्धारित समयमै उडान सञ्चालन गरेको उनले जानकारी दिए ।

उता, प्रदेश नं. १ को मुख्य विमानसथल विराटनगरकका सबै उडान मौसमी प्रतिकूलताका कारण रद्ध भएकाले उताका यात्रु समेत चन्द्रगढी आएर काठमाडौं जान थालेको अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनाल बताउँछन् ।

चन्द्रगढी विमानस्थललाई आधुनिक उपकरण र सुविधासम्पन्न बनाउन हालै गरिएका सुधारका कार्यले उडान थप सुरक्षित भएको हुँदा यात्रुको चाप थपिदै गएको खनालको धारणा छ ।

बिगतमा चन्द्रगढी विमानस्थलमा हिउँदका महिनामा अलिकति हुस्सु लाग्नासाथ उडान रद्ध हुने गरेको थियो । धावनमार्गको विस्तार र आधुनिक उपकरणको प्रयोगले यो विमानस्थल जाडो महिनामा पनि निर्वाध सञ्चालनको वातावरण तयार भएको छ ।

पाँच हजार भिजिविलिटी चाहिने भएका कारण सौर्य एयरलायन्सको जहाजले भने हिजो चन्द्रगढी विमानस्थलबाट उडान गरेन ।

मङ्गलबार (आज) विहानैदेखि बाक्लो हुस्सु लागेको छ । भिजिविलीटी न्यून हुँदै गएको हुँदा आजको उडान हुने कि नहुने थाहा पाउन १० बजेसम्म कुर्नै पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: