चन्द्रगढी सामुदायिक वनको अध्यक्षमा हिरा पोखरेल

  प्रकाशित मिति
२ आश्विन २०७४, सोमबार ११:३७


ban

भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा हिरा पोखरेल विजयी भएका छन् ।
अध्यक्षमा नेकपा एमालेका हिरा पोखरेलले ९ सय ६७ मत ल्याएर विजयी भएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपालप्रसाद श्रेष्ठले ७ सय ३१ मत ल्याएका थिए ।

त्यसैगरी उपाध्यक्षमा विमलचन्द्र राजवंशीले ८ सय ९९ मत ल्याएर विजयी हासिल गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जंगबहादुर रसाइली ६ सय १० मत ल्याएका थिए ।

सचिवमा काँग्रेसकी पार्वती मल्ललाई ८ सय २२ मतमा सिमीत गर्दै एमालेकी शकुन्तला पोखरेल ८ सय २५ मतका साथ विजय हुन सफल भइन् भने सहसचिवमा माओवादी केन्द्रका दिननाथ उप्रेतीलाई ४ सय ८३ मतमा छोड्दै एमालेका चूडामणि पराजुली विजयी भए ।

कोषध्यक्षमा एमालेका अनुज खतिवडाले ८ सय ३९ मत ल्याउदै माओवादी केन्द्रका भारतसिंह राजवंशीलाई ६ सय ७३ मतमा छोड्दै विजयी भए । सदस्यहरुमा एमालेकै समूहबाट आदिवासी सदस्य कान्टु राजवंशी, जनजातिमा बालकुमार राई, दलितमा लालबहादुर दर्जी र अपाङ्ग सदस्यमा ध्रुव सुवेदी विजयी भएका छन् ।

सामुदायिक बनमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: