‘चरम यातना’ले सुधार केन्द्रमै मृत्यु

  प्रकाशित मिति
१६ श्रावण २०७४, सोमबार १५:४९


20527584_1469114683127344_1522207271_n

मेचीनगर । मेचीनगर–६ स्थित काँकरभिट्टामा सञ्चालित ‘स्वतन्त्र प्रतिष्ठान नेपाल’ नामक सुधार केन्द्रमा भर्ना गरिएका एक युवाको ‘चरम यातना’को कारण मृत्यु भएको छ ।

मेचीनगर–७ का २३ वर्षीय अर्जुन बस्नेतको शुक्रवार राति मृत्यु भएको हो । घटनापछि मृतकको परिवार र स्थानीयबासी आक्रोशित भएका छन् ।

सुधार केन्द्रमा अमानवीय यातना दिइएका कारण मृत्यु भएको मृतकका परिवारले बताएका छन् भने स्थानीयले सुधार केन्द्रका सञ्चालकहरुलाई कडा कानूनी कार्वाहीको माग गर्दै इलाका प्रहरी कार्यालय समेत आइतवार घेराउ गरेका छन् ।
लागू पदार्थको कुलत छुटाउन भन्दै बस्नेतलाई ३ महिना अघि सो सुधार केन्द्रमा भर्ना गरिएको थियो । सुधार भएको ठानेर हालै घर पठाइएका बस्नेतले पुनः लागू औषध प्रयोग गरेको भन्दै सुधार केन्द्रबाटै आएका युवाहरुले उनलाई समातेर २ दिन अघि फेरि सुधार केन्द्रमा लगेका थिए ।

शुक्रवार राति ११ बजेतिर ‘झुण्डिएर आत्महत्याको प्रयास गरेको’ भन्दै सुधार केन्द्रका सञ्चालकहरुले परिवारका कसैलाई थाहै नदिई बस्नेतको शबलाई भद्रपुर लगेका थिए ।

20527653_1469114603127352_1474247383_n (1)

तर मृतकको परिवारले बस्नेतको मृत्यु आत्महत्या नभई चरम यातनाबाट भएको प्रमाण भेटिएको दावी गरेको छ । मृतकको शरीरमा यातनाका विभिन्न नील डाम रहेको र टाउको चारपाटा मुडिएको फेला परेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख प्रहरी निरीक्षक महेन्द्रबहादुर थापाका अनुसार शबको पोस्टमार्टम जाँच धारानस्थित वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले सुधार केन्द्रका सञ्चालक राजु बुढाथोकी, मनिष क्षेत्री र भोला राईलाई आइतवार पक्राउ गरेर अनुसन्धानको लागि हिरासतमा राखेको छ ।

पोस्टमार्टमको रिपोर्ट आए पछि मात्र उनीहरुलाई कस्तो कार्वाहीको प्रक्रिया अगाडि बढाइने भन्ने टुङ्गो लाग्ने प्रहरी निरीक्षक थापा बताउँछन् । धरानमा पोस्टमार्टम जाँच गरिए पछि आइतवार राति नै मृतक बस्नेतको शब मेचीनगर ल्याइएको छ ।

सो सुधार केन्द्रमा दर्जनौँ युवालाई उपचारका लागि राखिएको छ । केन्द्रमा भर्ना भएका केही युवाले बस्नेतमाथि शुक्रवार राति दिइएको यातना देखेका थिए ।

उपचार भनेकै यातना ः
सेवाभन्दा पैसा कमाउने लक्ष्यले खुल्ने कतिपय सुधार केन्द्रहरु विगतदेखि नै यातनागृहमा परिणत हुँदै आएका छन् ।
आकर्षक नारा दिने यस्ता सुधार केन्द्रमा सरकारले तोकिदिएको मापदण्ड बमोजिम डाक्टर वा काउन्सिलरको कुनै व्यवस्था हुने गरेको छैन ।

20526683_1469114743127338_1700899358_n

सरकारी निकायको समेत यस्ता ठाउँमा अनुगमन हुने गरेको छैन । केही वर्ष अघि विर्तामोड र दमकको सुधार केन्द्रमा यस्तै यातनापछि विरामीको मृत्यु भएपछि सुधार केन्द्रहरुको यातनाधन्धाको पोल खुले पनि सरकारी निकाय मौन नै रह्यो ।

सुधार केन्द्रमा लामो समय बसेर फर्केकाहरु त्यहाँ मुड्के सास्ती र धाकधम्कीकै भरमा कुलत छोडाउने प्रयास गरिने बताउँछन् ।

खाना मीठो भएन भनेर गुनासो गर्यो भने बाँधेर पिट्ने गरेको र असन्तुष्टि प्रकट गर्नासाथ फलामको पाइपले समेत जथाभावी पिट्ने गरिएको भुक्तभोगीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: