सरकार रमिते, चर्को व्याजदरले ढाड भाँचिएपछि व्यवसायीहरु सडकमा

  प्रकाशित मिति
२३ कार्तिक २०७९, बुधबार ११:५४


मेचीनगर, २३ कार्तिक । बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याज असुलेर संकटमा पारेको भन्दै मेचीनगरका उद्योगी व्यरी आन्दोलित भएका छन् ।

मेची उद्योग वाणिज्य संघको अगुवाईमा आज दिउँसो व्यवसायीहरुले बिरोध स्वरुप र्याली निकालेर धुलाबारी बजार परिक्रमा गरेका छन् ।

कृषि विकास बैंक अगाडिबाट सुरु भएको विरोध र्यालीले आइएमई ग्लोबल बैंक, राष्ट्रिय बाणिज्य बैंक, एनआइसी, नेपाल बैंक लिमिटेड हुँदै बजार परिक्रमा गरेको थियो ।

र्यालीका सहभागीहरुले प्लेकार्ड बोकेर मौन जुलुस प्रदर्शन गरेका थिए ।

लामो समयदेखि मुलुक बैंकिङ तरलताको संकटबाट गुज्रिरहेको छ । व्यवसायीहरुका अनुसार बैंकहरुले नयाँ कर्जा दिन सकिरहेका छैनन् भने पुरानो कर्जाको व्याज वृद्धि गरेर उद्योगी व्यापारीको ढाड भाँचेका छन् ।

देशमा आर्थिक संकट यसरी चुलिरहँदा समेत वत्र्तमान सरकारले कुनै समाधानको कदम चाल्न नसकेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना बताउँछन् ।

सरकारले आफ्ना मागको सुनुवाई नगरेपछि चुनावको संघारमा पनि सडकमा जान बाध्य हुनुपरेको तिम्सिनाले बताए ।

जिल्लाभर आन्दोलनको माहौल बन्दै

बैंकहरुले मनोमानी ढंगले लगानी रकममा बृद्धि गरेको ब्याजदरविरुद्ध झापाका उद्योगी–व्यवसायी संघर्षमा उत्रिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को आह्वानमा झापाका उद्योगी–व्यवसायीले झापा जिल्ला प्रशासन कार्यालयमा मंगलवार ज्ञापनपत्र बुझाउका थिए ।

सदरमुकाम भद्रपुरस्थित विद्युत प्राधिकरण छेउबाट र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका उद्योगी व्यवसायीले प्रशासन परिसरिमै कोणसभा गर्दै सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेका उद्योगी–व्यवसायीले ज्ञापनपत्रमाथि गम्भीर भएर समस्याको समाधानका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका थिए ।

झापा उद्योग संघ, झापा उद्योग वाणिज्य संघ, मेची उद्योग वाणिज्य संघ, बिर्तामोड उद्योग वाणिज्य संघ, नेपाल भेनियर उत्पादक संघ, प्रोपर्टी डिलर्स एसोसिएसन झापा, महिला उद्यमी संघ झापालगायतका संस्थाले एउटै व्यवहोराको छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए ।

उनीहरुले उद्योगी–व्यवसायीको यो मागप्रति सरकार र बैंकहरु उदासीन रहे कडा आन्दोलन गर्ने, आफ्ना उद्योग–प्रतिष्ठानका तालाचाबी–सरकार र सम्बन्धित बैंकहरुलाई जिम्मा लगाउने चेतावनी दिएका छन् ।

पर्याप्त तरलता रहेका बेला घरघरमा धाएर ऋण खान उकासेको बैंकहरुले अहिले विभिन्न बहानामा ऋणमा दोब्बर ब्याजदर थोपरेर उद्योगी–व्यवसायीलाई अप्ठ्यारोमा पारेको, बैंकहरुले जबरजस्ती ऋण असुल्न खोजेको, धम्कीपूर्ण व्यवहार गरेकोजस्ता गुनासो उद्योगी–व्यवसायीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: