चर्चित भारतीय पत्रकार गोस्वामी आत्महत्या दुरुत्साहन आरोपमा १४ दिने हिरासतमा

  प्रकाशित मिति
२० कार्तिक २०७७, बिहीबार ०९:३२


झापा, २० कार्तिक । भारतका चर्चित पत्रकार एवम् रिपब्लिकन टीभीका प्रधान सम्पादक अर्नव गोस्वामीलाई महाराष्ट्र (मुम्बई) प्रहरीले १४ दिन हिरासतमा राख्ने आदेश पाएको छ ।

पत्रकार गोस्वामीलाई बुधवार मुम्बईस्थित उनकै घरबाट प्रहरीले बलपूर्वक गिरफ्तार गरेको थियो ।

मुम्बई नजिक रायगढ जिल्लाको अलिबाग अदालतले १४ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान बढाउने अनुमति दिएको छ ।

भारतीय मिडियाहरुले जनाए अनुसार दुई वर्ष अघि मुम्बईका ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकको आत्महत्या दुरुत्साहनको मुद्दामा पत्रकार गोस्वामीलाई आरोपित बनाइएको छ ।

सन् २०१८ मा अन्वय नाइकले पत्रकार गोस्वामीको मुम्बईस्थित रिपब्लिकन टीभीको स्टुडियो निर्माण गरेका थिए । तर काम गरेवापत गोस्वामीले ८३ लाख भारु रकम भुक्तानी नदिएको भन्दै सुसाइड नोट लेखेर नाइकले आत्महत्या गरेका थिए ।

एउटा फार्महाउसमा नाइक र उनकी आमालाई मृत भेटिएको थियो । यसमा पत्रकार गोस्वामीले आत्महत्याका लागि दुरुत्साहन गरेको मृतकका परिवारको आरोप छ ।

यो मुद्दा नेपालमा पत्रकार रबि लामिछानेले आत्महत्या दुरुत्साहनमा मुद्दा झेले जस्तै भएको छ ।

यसैबीच, पत्रकार गोस्वामीको गिरफ्तारीलाई लिएर भारतको सत्तारुढ बीजेपीका नेताहरुले विरोध जनाएका छन् ।

गोस्वामीलाई बीजेपी र मोदी सरकारको कट्टर समर्थक मानिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: