चाँडै नाफा कमाउने हतारोमा छैनौं

  प्रकाशित मिति
८ बैशाख २०७६, आईतवार १७:४१


।। नारायण कोइराला ।।

एनएमसी डेरी उद्योग सञ्चालनमा आएको चार वर्ष पूरा भएर पाँच वर्षमा प्रवेश गरेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)को पूर्ण स्वामित्वमा सञ्चालन भएको यो उद्योग एनएमसीको लागि अहम् महत्त्व राख्ने विषय हो ।

यसमा जग्गा बाहेक संस्थाको झण्डै १५ करोडको लगानी भएको छ । उद्योगको अर्थ व्यवसाय, व्यवसायमा नाफा घाटा, आयव्ययको हिसाब हुन्छ नै । उद्योगले गुणस्तरीय वस्तु उत्पादन गर्न र निरन्तर सेवा दिन अर्थात सधैँ उद्योग सञ्चालन हुन यसको वित्तीय अवस्था सन्तुलित र स्वस्थ हुनैपर्छ । यो उद्योग स्थापना भए यता आर्थिक हिसाबले खासै उपलब्धि नभए पनि अब सुरक्षित बाटोमा पुगेको अवस्था छ ।

उद्योगले व्यतित गरेको चारवर्ष र उद्योग स्थापना गर्न बिताएको दुई वर्ष गरी जम्मा ६ वर्ष हाम्रा लागि अनुभव र सिकाइको समय भएको छ ।

संस्थाले बचत ऋणको व्यवसायमा लामो अनुभव हासिल गरेको भए पनि उद्योग त्यसमा पनि कच्चा पदार्थमा आधारित डेरी व्यवसायका चुनौति, जोखिम, बजार, प्रतिष्पर्धा, गुणस्तर, सामाजिक चलन, राज्यका नीति नियम, व्यक्तिका नियत एवम् शैली, मौसम, चाडपर्वको चाप, जनशक्ति व्यवस्थापन आदिको असर तथा प्रभावसँग खेल्दै, सिक्दै र सामना गर्दै आजको अवस्थामा आएका छौँ ।

एनएमसीका लागि सबैभन्दा ठूलो उपलब्धि भनेको विविध खालको अनुभव र सिकाइ नै प्रमुख भएको छ । दोस्रोमा हामीले पहिचान पाएका छौँ । २५ वर्ष पूरा गरेको एनएमसीको इतिहासमा मात्रै पाँचौँ वर्षमा प्रवेश गरेको एनएमसी डेरी उद्योगले एनएमसीको जत्तिकै पहिचान र प्रचार पाएको छ ।

डेरी उद्योग सुरु गर्दा धेरै मुनाफा हुन्छ भन्ने हामीलाई पनि लागेको थिएन । संस्थाको मूल उद्देश्य भनेको सदस्यलाई उद्यम एवम् व्यवसायसँग जोड्नु, टिकाउनु र विकास गर्नु हो । यस हिसाबले हामी सफल भएका छौँ । लगभग ७० जनालाई प्रत्यक्ष रोजगारी दिन उद्योग सफल छ । झण्डै ३ हजार किसानले उत्पादन गरेको दुध ३० वटा चिस्यान केन्द्र मार्पmत सङ्कलन भएर यो डेरी उद्योगमा आइपुग्छ । हाल आएर दैनिक ११ हजार लिटर बढी दुधको कारोबार हँुदैछ । बजारमा ७० को सङ्ख्यामा एनएमसी डेरी पार्लर र झण्डै तिन सयको हाराहारीमा खुद्रा बिव्रmी केन्द्रको नेटवर्क बनेको छ ।

झापा, मोरङ र सुनसरीसम्मको बजारमा पहुँच बनाउन सकेका छौँ । दैनिक हजारौँ हजार उपभोक्ता हाम्रा उत्पादनलाई पर्खिएर बस्ने गरेका छन् । बजारमा उपभोक्ताको मन जित्न सकेको छौँ । शुद्ध डेरी परिकार उपभोग गर्ने उपभोक्ताको स्वास्थमा परेको सकारात्मक योगदान अर्को अप्रत्यक्ष सामाजिक फाइदा हाम्रो एनएमसी डेरी उद्योगको देन हो ।

यो उद्योग स्थापना हुँदा निकै कम मात्रामा दुधको उत्पादन हुने झापा जिल्लामा उद्योगकै कारण दुधको उत्पादनमा वृद्धि भएको छ । उत्पादन भएको दुध पनि औपचारिक क्षेत्रमा आउन सक्ने नेटवर्क थिएन । यस उद्योगकै कारण उत्पादित दुध उद्योगसम्म पुग्ने नेटवर्क थपिँदै गएको छ । किसान व्यावसायिक बन्ने व्रmममा छन् ।

गत वर्ष झापा लगायत देशभरि नै उत्पादन बढेसँगै उद्योगले किसानको सबै दुध सबै सिजनमा खरिद गर्न नसकेको कारण उद्योग, चिस्यान केन्द्र र किसानले निकै ठूलो नोक्सानी व्यहोर्नु प¥यो । बाध्य भएर मिल्क होलिडे गर्नु परेको कारण किसानमा केही सन्देह पैदा भयो र उत्पादनमा कटौती गर्न किसान बाध्य भए । यसको नकारात्मक असर उत्पादन क्षेत्रमा केही समय पर्ने देखिन्छ । आगामी दिनमा फेरी मिल्क होलिडे गर्नु नपरोस् भनेर हामी चिन्तित छौँ र त्यसको तयारी सतर्कतापूर्वक गर्र्दैछौँ ।

उद्योगको वित्तीय अवस्था गत वर्षकोभन्दा केही सुधार भएको छ । विगतका १७ महिनालाई विश्लेषण गर्दा २०७४ को मंसिरदेखि असारसम्म निकै सङ्कटको समय रहन पुग्यो । यी महिनामा उद्योगले सञ्चालन खर्च धान्न मुश्किल पर्न गयो, कच्चा दुधको स्टक धेरै भएर गुणस्तरमा केही समस्या देखिदा बजार केही खस्कन पुग्यो ।

पोखरा, हेटाँैडा लगायतका उद्योगलाई कच्चा दुध बेच्दा लागत मूल्य उठाउन सकिएन । बढी भएको दुध चितवन डेरीमा पठाएर कन्भर्सन गराउँदा प्राप्त भएको घिउ र पाउडर समस्या ग्रस्त भएकाले घाटा व्यहोर्नु प¥यो । उक्त समयमा किसान र उद्योगले भोगेको समस्या फेरि नदोहोरियोस् भनेर सरकार, उद्योगी, व्यवसायी सबैको तर्पmबाट सतर्कता अपनाउने र प्रयास गर्ने काम भएको छ । त्यसैको परिणाम अहिले धुलो दुध बनाउने देशमा भएका तिनवटै कारखाना (विराटनगर, चितवन र पोखरामा)को स्तरोन्नति गरिएको र इटहरीमा प्रदेश सरकार र उद्योगीहरुको संयुक्त लगानीमा नयाँ धुलो दुध बनाउने कारखाना स्थापना गर्ने सम्झौता भएको छ ।

आशा छ आगामी दिनमा कसैले पनि गएको वर्षको जस्तो असहज अवस्था भोग्नु पर्ने छैन र समग्र डेरी व्यवसाय सुरक्षित बाटोमा अगाडि बढ्नेछ । देशको विकासमा यसले महत्त्वपूर्ण टेवा पु¥याउने छ ।

उद्योगमा केही आन्तरिक समस्या पनि देखियो । कार्यरत जनशक्तिको छिटोछिटो परिवर्तन (टर्नओभर) अलि धेरै मुख्य आन्तरिक समस्या रहन पुग्यो । यस्ता केही साना मसिना समस्याहरुको समाधान गर्दै उद्योग अगाडि बढेको छ ।

गएको साउन महिनादेखि कुनै पनि महिना आर्थिक हिसाबले सञ्चालन खर्च धान्न नसक्ने अवस्थामा छैन । यो वर्षको सञ्चालन बचत चैतसम्म करिब ८० लाख जति हुन पुगेको छ, जुन शुभ सङ्केत हो । यो वर्ष हामीले उद्योगको ह्रास कट्टी खर्च लगभग धान्न सक्ने अवस्थामा पुग्न सकियो भने आगामी वर्षबाट केही बचत गर्न सकिने आशा गर्न सकिन्छ । गएको वर्ष उद्योगमा ह्रासकट्टी खर्च समेत लगभग ८० लाख घाटामा भएको अवस्था यो बेला स्मरणयोग्य छ ।

उद्योगको अवस्थामा क्रमिक सुधार भएको छ । गुणस्तर कायम हुन सकेको कारण बजारमा बिव्रmी बढेको छ । अनावश्यक खर्चलाई नियन्त्रणको हदैसम्मको प्रयास भएको कारण स्थिति क्रमशः सुध्रिदै गएको छ । यो सुधारका लागि सकृयरुपमा लाग्ने प्रवन्ध निर्देशक लगायत सम्पूर्ण कर्मचारी परिवारलाई समितिको तर्पmबाट हार्दिक धन्यवाद दिन्छु ।

नेपाल सरकारले डेरी जन्य वस्तुको शुद्धता र स्वच्छता कायम गर्न निर्देशिका २०७५ जारी गरेको छ । उत्पादन, संकलन, वितरण र उपभोक्तासम्म पुग्दा कायम रहनु पर्ने गुणस्तरका बारेमा बोलेको छ । यो व्यवसायमा संलग्न हुने कसकसले के के गर्ने भन्ने प्रष्ट पारेको छ । यो २०७५ चैत ४ गतेबाट कार्यन्वयनमा आएको छ । हाम्रा लागि यो खुसीको कुरा हो । उद्योग स्थापना गर्नुभन्दा पहिला र अहिलेका दिनसम्म हाम्रो उद्योगले उपभोक्ताको अधिकार गुणस्तरीय वस्तु उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार हो भन्ने पैरवी गर्दै आएका छौँ र गरिरहनेछौँ ।

यो पैरवीमा हामीले उत्पादक किसानदेखि सङ्कलक, चिस्यान केन्द्र, उद्योग, बिव्रmेता सबैले यो यो गर्नु पर्छ गरौँ भनेर पैरवी ग¥यौँ, लागू गर्न हदैसम्मको प्रयास गरेका छौँ । धेरै हदसम्म सफल छौँ । आज सरकारले त्यही कुरा बोलेको कुराबाट हामी खुसी छौँ । हामी चाहन्छौँ कि सबै तहका सरकार आफ्ना जनताप्रति जिम्मेवार भएर यो निर्देशिका लागू गरुन् ।

विगतदेखि नै यस उद्योगले गुणस्तर कायम गरी उपभोक्तालाई न्याय गर्न गरेको प्रयासका कारण केही लागत बढेको भए तापनि यसलाई सामाजिक जिम्मेवारी ठानेर सरकारले लागू नगरेकै अवस्थामा पनि हामीले लागू गरेको कुरा यहाँ सबैलाई जानकारी गराउन चाहन्छु । चाँडै नाफा कमाउने हतारोमा उपभोक्ता र उत्पादकमाथि अन्याय गर्नु हुँदैन भन्ने हाम्रो आदर्श हो, प्रतिबद्धता हो । व्यवसायमा लागेका सबैलाई ठीक ठाउँमा ल्याउनु सरकारको काम हो । हामीले सही काम, राम्रो काम गर्नु र उपभोक्तालाई न्याय गर्नु हाम्रो जिम्मेवारी हो । हामी हाम्रो जिम्मेवारी पूरा गर्ने छौँ, गरिरहने छौँ ।

डेरी उद्योगको वित्तीय अवस्थामा सुधार हँुदै जाँदा यसको पहिलो लाभ उद्योगमा कार्यरत कर्मचारी र त्यसपछि दुध उत्पादक किसानले पाउनुपर्छ भन्ने कुरामा हामी प्रष्ट छौँ । आगामी वर्षको कार्यव्रmम त्यसै अनुरूप निर्माण गरिने कुरामा म विश्वास दिलाउन चाहन्छु ।

यो आर्थिक वर्षमा हामीले जति काम गर्नुपर्ने गरी कार्यव्रmम बनाएका थियौँ । विभिन्न कारणले त्यो पूरा हुन सकेको छैन । यद्यपि अरु तिन महिनामा केही थप प्रगति हुने नै छ । हामी सबैको प्रयास यो उद्योगलाई संस्थाको नीति विधि अनुसार सुसञ्चालन गर्ने, वार्षिक कार्यव्रmम बनाएर त्यसै अनुरूप हिँडाउन प्रयास गर्ने र त्यस अनुरूप हुन नसके त्यसको कारण खोज्ने गर्नुपर्छ । उद्योगको निरन्तर सञ्चालन र दिगो विकासका लागि नीति विधि निर्माण गर्नु, समयसमयमा परिमार्जन गर्नु र त्यसै अनुसार चल्ने चलाउने अभ्यास गरेर सुशासन कायम गर्नु, सबैले दत्तचित्त भएर आआफ्नो जिम्माको काम राम्ररी सम्पादन गर्नु, उपभोक्ताको मन जित्नु, उत्पादक किसान र बिव्रmेता व्यापारी साझेदारलाई उचित न्याय गर्नु हो । यो काम हामी सबैको प्रयासबाट मात्र सम्भव छ । मलाई विश्वास छ विगतको अनुभव र सिकाईबाट हामी आगामी दिनमा अभैm राम्रो गर्न सक्छौँ, सफलताको नयाँ उचाईमा पुग्न सक्छौँ ।

एनएमसी डेरी उद्योगलाई आजको अवस्थासम्म ल्याइपु¥याउन संस्थाको सञ्चालक समितिले नीतिगत नेतृत्व गरेको छ, लेखा समितिले आन्तरिक शुद्धिकरणमा महत्त्वपूर्ण भूमिका निभाएको छ । यसका लागि एनएमसी डेरी व्यवसाय समितिको तर्पmबाट आभार प्रकट गर्न चाहन्छु ।

एनएमसीका विभिन्न समितिमा रहेका र नरहेका सदस्यले यस उद्योगको श्रीवृद्धिमा उल्लेख्य साथ सहयोग गर्नु भएको छ । सबैलाई विशेष धन्यवाद छ । उद्योगमा दैनिक कार्यमा संलग्न प्रबन्ध निर्देशक श्याम कुमार मिश्र, प्रशासनिक जिम्मेवारीमा रहने, उत्पादनमा कार्यरत प्राविधिकलगायत सम्पूर्ण टिम र दैनिक बजारमा पुगेर हाम्रा बिव्रmेतासँग सुमधुर सम्बन्ध बनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बजार क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारी धन्यवादका भागिदार हुन् ।

यस वर्षको उत्कृष्ट कर्मचारीको रूपमा प्राविधिक सूर्यप्रसाद गौतम र बजार प्रतिनिधि खगेन्द्र निरौलालाई नगद, दोसल्ला र प्रमाण पत्रसहित सम्मान गरिएको छ, डेरी व्यवसाय समितिको तर्पmबाट दुवैमा हार्दिक बधाई दिन्छु ।

हाम्रा उत्पादन सेवन गर्ने र बिव्रmी गरेर उपभोक्तासम्म पु¥याइदिने सबैमा हार्दिक धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको निरन्तर अपेक्षा गर्दछु । सबैभन्दा महत्त्वपूर्ण कच्चा दुध उत्पादन गर्ने किसान र दुध सङ्कलन गरेर किसान र उद्योगको बिचमा सेतुको भूमिका निभाउने दुध चिस्यान केन्द्र सञ्चालन गर्ने सबैमा यस अवसरमा धन्यवाद भन्न चाहन्छु । एनएमसी डेरीको यो अभियानमा संलग्न सबैलाई हार्दिक शुभकामना छ ।

(२०७६ साल बैसाख २ गते एनएमसी डेरी उद्योगको वार्षिकोत्सवमा संस्थाको तर्फबाट प्रस्तुत प्रतिवेदनको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: