चाडपर्वसँगै मुल्यबृद्धि अकाशियो

  प्रकाशित मिति
३२ श्रावण २०७३, मंगलवार १४:१३


mangi

विर्तामोड । नेपालीको महान् चाड दसैँ तथा तिहार आउन करिव डेढ महिना मात्र बाँकी छ । तर पनि यही बेलादेखि नेपालीहरु चाडपर्वका लागि अत्यावश्यक सामाग्री खरिद गर्न लागेका छन् ।

बजारमा विभिन्न सामाग्री खरिद गर्ने उपभोक्ताको भीड लाग्न थालेको छ । झापाको विर्तामोड, भद्रपुर, काँकरभिट्टा, धुलावारी, सुरुङ्गा, दमकलगायतका बजारमा उपभोक्ताको चहलपहल सुरु भइसकेको छ । यतिखेर व्यवसायको सिजन भएकाले व्यापारी भने सामान खरिदबिव्रmीमा व्यस्त छन् । तर, बजारमा यही बेला सामानको मूल्य आकासिने गर्दछ ।

बजारमा आकासिएको महँगी भने नियन्त्रण हुन सकेको छैन । वर्सेनि बढिरहने महँगीका कारण उपभोक्ता मारमा परिरहेका छन् । बजारमा अप्रत्यासित रुपमा बढेको मूल्यबृद्धि नियन्त्रण गर्न सरकारले देशैभर अभियान थालेको छ ।

झापामा पनि बजार अनुगमन कार्यलाई तीव्र पारिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले निर्देशन जारी गरेपनि जिल्लामा भने बजार अनुगमन भइरहेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए ।

‘झापामा नियमित अनुगमन भइरहेको छ,’ उनले भने ‘सरकारी निर्देशन आएपनि नआएपनि अनुगमन भइरहेको छ, भइरहने छ ।’ केही महिना अघि सरकारी अनुगमन टोलीले अस्पताल तथा क्लिनिकमा छड्के अनुगमन गरी कारवाही गरेको थियो ।

विशेषगरी खाद्य सामाग्रीमा अस्वाभाविक मूल्यबृद्धि भएको गुनासो आएपनि प्रशासनले भने त्यस्तो नपाइएको दाबी गरेको छ । ‘हामी कुनै न कुनै रुपमा अनुगमन गरिरहेका छौँ,’ अर्का सहायक प्रमुख जिल्ला अधिकारी डमरु निरौलाले भने, ‘झापामा खासै केही छैन, नर्मल नै छ ।’ अनुगमनका व्रmममा उपभोक्ता ठग्ने तथा कालोबजारी गर्ने भेटिएमा कानुनतः कारवाही गर्ने उनले बताए ।

‘उपभोग्य वस्तुको गुणस्तरीयता कति छ भन्नेमा ध्यान नपुगेकाले अनुगमन थालिएको आपूर्ति मन्त्रालयको भनाइ छ । जुनसुकै बहानामा भइरहेकोे कालोबजारीलाई केही हदसम्म भए पनि निरुत्साहित गर्न विशेष अनुगमन थालिएको हो । बजारमा अभावको कारण देखाउँदै मूल्य बढाउने व्रmम तीव्र भएपछि सरकारले तदारुकता देखाउनु पर्ने उपभोक्तावादी संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: