चाडबाडमा धमाधम सामाजिक सुरक्षा भत्ता बाड्दै सहारा

  प्रकाशित मिति
२४ आश्विन २०७८, आईतवार २१:२२


मेचीनगर, २४ असोज । दशैँ, तिहार, छठ लगायतका पर्वहरु नजिकिएसँगै सहारा नेपाल साकोसले जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सामाजि सुरक्षा भत्ता वितरणलाई तीव्रता दिएको छ ।
साकोसले प्रदेश १ का ६ जिल्लामा एक साता भित्र ९ सय ३५ जनालाई १ करोड ७ लाख ४९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको साकोसका अनुगमन अधिकृत घनश्याम रायले बताए ।

यस अवधिमा साकोसले ९ वटा विद्यामा ७४ वटा सेवाकेन्द्र मार्फत सो रकम वितरण गरिएको उनको भनाइ छ । आइतबार साकोसले मेचीनगरका चार वटा शाखामा कार्यक्रम आयोजना गरेर सुरक्षा भत्ता वितरण गरेको छ ।

मेचीनगरको इटाभट्टामा आयोजित कार्यक्रममा साकोसले परिवार राहात कार्यक्रम अन्तर्गत स्व. पुन्यप्रसाद पौडेलको परिवारलाई रु १ लाख नगद प्रदान गरेको थियो । सो रकम स्व.पौडेलकी धर्मपत्नी राधादेवी पौडेललाई प्रदान गरिएको थियो । सहकारीले ९ जनालाई रु ६ हजारका दरले जेष्ठ सदस्य पोषण भत्ता वितरण गरेको छ ।

त्यसैगरी जेष्ठ नागरिक सदस्य भत्ता ८ हजारका दरले ११ जनालाई प्रदान गरेको छ । बृद्व सदस्य भत्ता १ जनालाई रु १० हजार प्रदान गरिएको थियो । त्यसैगरी ९ जना एकल महिलाहरुलाई रु ८ हजारका दरले भत्ता वितरण गरेको थियो ।

इटाभट्टा शाखा प्रमुख राजनकुमार गिरीको सभापतित्व तथा मेचीनगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष विकेन्द्र धिमालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि धिमालले सरकारले दिन नसकेको सेवाका कार्यक्रम साहाराले दिएर नाम अनुसारको काम गरिरहेको भन्दै सहारा साकोसको प्रशंसा गरेका थिए ।

दशैँको मुखमा साकोसले जेष्ठ नागरिकहरुलाई आर्थिक सहयोगको कार्यक्रम ल्याएर जेष्ठ नागरिकहरुको सहारा बनेको बताए ।

कार्यक्रममा जेष्ठ सदस्य एवम् मेचीकृषक बहुमुखी सहकारी संस्थाका उपाध्यक्ष कुलदिप गिरी, शान्ता चौधरी, पत्रकार ज्ञानेन्द्र निरौला लगायतले सहाराको सकारात्मक कार्यको खुलेर प्रशंसा गरेका थिए । वक्ताहरुले अन्य सहकारीले समेत यस किसिमको सदस्य राहातका कार्यक्रम ल्याउनु पर्ने बताएका थिए ।

सो अवसरमा अनुगमन अधिकृत गोमा बस्नेतले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । उनले सहकारीमा आफ्नो कारोबार समेत बढाउन अनुरोध समेत गरिन् । कार्यक्रमको सञ्चालन शाखा प्रमुख गिता ओझाले गरेकी थिइन् ।

त्यसैगरी आइतबारै काँकरभिट्टा शाखाको आयोजनामा भएको सम्मान तथा भत्ता वितरण कार्यक्रममा जेष्ठ पोषण भत्ता १ जनालाइ ६ हजार, एकल पुरुष भत्ता १ जनालाई ६ हजार तथा १९ जना एकल महिलाहरुलाई रु ८ हजारका दरले भत्ता वितरण गरिएको थियो ।

एकल महिला मिरा कार्कीको सभापतित्व तथा डिएसपी सुनिलसिंह दाहालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष गोविन्द गिरी लगायतले बोलेका थिए । शाखा प्रमुख खेमराज पुरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन ज्ञानेन्द्र घिमिरेले गरेका थिए ।

सहाराले जीवन बरदान कार्यक्रममा सहभागी बनेका जेष्ठ नागरिक, एकल महिला, जीवन गुमाएका सदस्यको परिवारलाई राहत वितरण गर्दै आएको छ ।

यसैगरी मेचीनगर–१३ स्थित सहारा नेपाल साकोस चारआलीले सेवा केन्द्रका ८ जना एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सेवा केन्द्रकी ४० वर्षीया धनमाया गुरुङको केहि महिनाअघि मृत्यु भएको थियो ।

उनका श्रीमान रामबहादुर गुरुङलाई सुरक्षण रकम बापतको ४ लाख १ हजार ८० रुपैयाँ वितरण गरिएको चारआली शाखाकी प्रमुख चन्द्रकला बाँस्तोलाले जानकारी दिइन् ।

।। डम्बर बराल ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: