चाम्लिङमा नयाँ परिकार थपिदै

  प्रकाशित मिति
१७ भाद्र २०७३, शुक्रबार १०:१०


lalit 8मेचीनगर । स्वादिस्ट परिकारले पारखीको मन जित्दै आएको धुलावारीको चाम्लिङ रेस्टुरेन्ट एन्ड वारले नयाँ परिकार थप्ने घोषणा गरेको छ ।

धुलावारी मोडबाट दक्षिण खयरडाँगीको शान्त, पारिवारिक र स्वच्छ वातावरणमा रहेको सो रेस्टुरेन्टले आज शुक्रवारदेखि नयाँ परिकारको स्वाद चखाउने जनाएको हो ।lalit 4

सेकुवा, बोयल, पक्कु, साँधेको छोइला, ह्याकुला बोयल, टाउको साँधेको, गर्धन पक्कु, खुट्टाको अचार, भुटन गरी सिङ्गो खसीको नौ प्रकारको परिकार उपलब्ध हुने रेस्टुरेन्टका सञ्चालक ललित राईले बताए ।

उनका अनुसार ग्राहकहरूको माग अनुसार नै खसी, माछा, हाँस र कुखुराको परिकार थपिएको जनाउँदै lalit 5लोकल कुखुराको सेकुवा, फ्राइ, बोयल र छोइलाको स्पेशल परिकार बनाइने भएको छ ।lalit 2

चाम्लिङ रेस्टुरेन्टमा हाँसको छोइला र सेकुवा, माछाको सेकेको र मुराइसँगको स्पेशल खाजा उपलब्ध हुने उनले बताए ।
भेज र ननभेजका सबै आइटम पाइने सो रेस्टुरेन्टमा पाइने सबै परिकारमा अर्गानिक एवम् घरेलु मसला प्रयोग गरिने भएकाले स्वास्थ्यवर्धक हुने बताइन्छ ।

lalit 3सञ्चालक ललित राईले नयाँ परिकारको स्वाद लिन सबै पारखीलाई आज रेस्टुरेन्टमा आउन आग्रह गरेका छन् ।

(२०७३ भदौ १७ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)lalit 1

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: