चारआलीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाइने

  प्रकाशित मिति
२६ पुष २०७२, आईतवार १२:३३


mata

झापाको चारआलीमा रहेको प्रगति सामुदायिक वन क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाइने भएको छ ।

जिल्ला वन कार्यालय र प्रगति सामुदायिक वनले आफ्नो वन क्षेत्रभित्र पर्ने ४.९८ हेक्टर क्षेत्रफल धार्मिक तथा पर्यटकीय क्षेत्रका लागि छुट्याएपछि सो ठाउँमा धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउन लागिएको हो । जिल्ला वन अधिकृत इन्द्रमणि भण्डारीले धार्मिक तथा पर्यटकीयस्थल निर्माणका लागि सामुदायिक वन समुदायलाई हस्तान्तरण गर्नु अघि नै ४.९८ हेक्टर क्षेत्रफल धार्मिक उपखण्डका नाममा छुट्याइको बताए ।

सो क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउन अहिले कार्ययोजना बनाइँदैछ । समुदाय र सरकारीस्तरबाटै चारआली बजार नजिकै रहेको सो सामुदायिक क्षेत्रभित्र धार्मिक तथा पर्यटकीयस्थल बनाइने भएपछि अहिले त्यस क्षेत्रमा खुशीयाली छाएको छ । पूर्व–पश्चिम राजमार्गले छोएको, मेची राजमार्गसँग पनि जोडिएको र केचना–चारआली सडक खण्डको निर्माणसँगै पर्यटकीय दृष्टिकोणले चारआली निक्कै महत्वपूर्ण स्थानका रुपमा विकास भएर जाने सरोकारभएकाहरूको भनाइ छ ।

पूर्वी पहाडी जिल्लासँग जोडिएको मेची राजमार्गको उद्गमस्थल र नेपालको होचो भूभागका रुपमा रहेको केचना कवल जाने सडक तथा पूर्व–पश्चिम राजमार्गले पनि चारआलीलाई छुने हुँदा उक्त क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ ।

पूर्वकै ठूलो बौद्ध गुम्बा निर्माण गरिने
यसैबीच चारआलीमा रहेको प्रगति सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने अभियानमा जुटेसँगै बौद्धमार्गीले उक्त स्थानमा रु ७५ लाखको लागतमा पूर्वकै ठूलो बौद्ध गुम्बा निर्माण गर्ने भएका छन् ।

आगामी माघ ९ गते सालाङ्सी भूमिसुदन पूजा गरेर गुम्बाको शिलान्यास गर्ने कार्यक्रम तय भएको टासी फुन छोग् छोइ खोरलिङ गुम्बाका अध्यक्ष मानबहादुर तामाङले बताए ।

चारआलीमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उनले गुम्बाको शिलान्यास बौद्धमार्गीका नवौँ अवतारी फर्र्पिङ गुम्बाका गुरु डिङ्छेन याङ्सी टुल्कु उर्गेन राजुसाङ सोनाम डिल्ले जिम्मे रिम्पोछे र तेस्रो अवतारी दार्जिलिङका गुरु टुकु जिग्मे रिम्पोछे तथा उपप्रधानमन्त्री कमल थापाले संयुक्त रुपमा गर्ने जानकारी दिए ।

नेपालसहित भुटान, दार्जिलिङ र सिक्किमका सयौँ बौद्धमार्गीलाई उक्त दिन कार्यव्रmममा सहभागी गराई सो क्षेत्रमा निर्माण गरिन लागेको गुम्बाका बारेमा जानकारी दिने सालाङ्सी पूजा समितिका संयोजक फूर्वा लामाले बताए । पाँच हजार बढी भक्तजनलाई कार्यव्रmममा सहभागी गराइने उनको भनाइ छ ।

मन्दिर र गिर्जाघरसमेत बनाइँदै
यसैबीच सोही ठाउँमा हिन्दू धर्मावालम्बीका लागि पाउँ पाथीभराको मन्दिर निर्माणको तयारी भइरहेको छ ।

“सबै धर्म र सम्प्रदायलाई समेटेर चारआलीलाई पर्यटकीयस्थलका रुपमा विकास गरिने अवधारणा रहेको छ”–सालाङ्सी पूजा समितिका सञ्चार संयोजक तथा स्थानीय धनबहादुर तामाङले बताए ।

चारआली क्षेत्रमा ५० बढी घर बौद्धमार्गीका छन् । यस ठाउँलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि यहाँ गिर्जाघर पनि बनाउने तयारी गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: