चारआली–केचना सडक बन्छ –मन्त्री लेखक

  प्रकाशित मिति
१७ आश्विन २०७३, सोमबार १८:१३


Exif_JPEG_420

भद्रपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले चारआली–केचना सडक तिस महिनाभित्र बन्ने दाबी गरेका छन् ।

हुलाकी सडक अन्तर्गत चारआली–केचना तथा भद्रपुर– राजगढ सडकखण्डको भद्रपुरमा सोमवार शिलान्यास गर्दै मन्त्री लेखकले नेपाल सरकारको पूर्ण लगानीमा सो सडक निर्माणले तिव्रता पाउने भन्दै निर्धारित समयमा पूरा गर्ने दाबी गरेका हुन् ।

उनले विना योजना गरिने शिलान्यासका कारण विगतमा राजनीति गर्ने केन्द्रका रुपमा रहन बाध्य हुलाकी सडक यो पटक बजेट निकासा गरी निर्माण प्रव्रिmयाबाट शिलान्यास भएकाले बन्ने पक्का रहेको बताए । देशले राजनीतिक स्थायित्व प्राप्त गर्न संविधान कार्यान्वयनको चरणमा रहेकाले असहमतिलाई वार्ताको माध्यमबाट टुङ्गो लगाउने भन्दै विकाससँगै संवैधानिक निकास पनि वर्तमान सरकारले निकाल्ने लेखकको भनाइ छ । उनले तराईको मुटुको रुपमा रहेको हुलाकी सडकले समग्र देश जोड्ने भन्दै विकासमा हुने ढिलासुस्ती अन्त्य गर्न सरकार कडा रुपमा प्रस्तुत भएर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

शिलान्यास कार्यव्रmममा सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले राजनीतिक पुनर्संरचनासँगै प्रशासनिक पुनर्संरचना सुरु भएकाले संविधान कार्यान्वयनका लागि सबै दल एकठाउँमा उभिनु पर्ने विचार राखे । उनले विकास जनताका लागि भएको भन्दै राजनीतिक रङ दिने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखे ।

कार्यव्रmममा झापाका सांसदहरु सुधीरकुमार शिवाकोटी, कृष्णप्रसाद सिटौला, दिपक कार्कीलगायतले मन्तव्य राख्दै हुलाकी सडक निर्माणमा भएको ढिलाइ र अलमलले दसैँको खसी बोका जस्तो प्रताडित हुनु परेको धारणा राखेका थिए ।

निर्माण चर्चाको ५० वर्षपछि बहुचर्चित चारआली–केचना सडकखण्ड ४१ करोड ६१ लाख ८४ हजार १ सय ४२ रुपैयाँमा निर्माण ठेक्का लागेको छ । पहिलो खण्ड अन्तर्गत २० किलोमिटर लम्वाई र ९ मिटर चौडाईको सो सडक निर्माण थालनी भएको हो । जस अन्तर्गत चारआलीदेखि पृथ्वीनगरको सोमवारेसम्म ठेक्का लागेको छ । यसैगरी, पूर्व पश्चिम अन्तर्गत भद्रपुर–राजगढ सडकखण्ड पनि २९ करोड ८३ लाख ४९ हजार १ सय ६१ रुपैयाँमा निर्माण सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: