सहारा नेपाल चारआली शाखाले दियो शेयर सदस्यलाई ‘कर्जा सुरक्षण’

  प्रकाशित मिति
३० भाद्र २०७८, बुधबार २०:३२


मेचीनगर, ३० भदौ । सहारा नेपाल (साकोस) चारआली शाखाले आज एक कार्यक्रमको आयोजना गरेर शेयर सदस्यलाई ‘कर्जा सुरक्षण’ वितरण गरेको छ ।
मेचीनगर–१३ निवासी शेयर सदस्य गितादेवी शर्मा न्यौपाने र अनिता शर्माका श्रीमान सेमन्तराज शर्माको गत बैशाख ७ गते निधन भएको थियो ।

उनका श्रीमतीहरु गितादेवी र अनिता शर्मालाई चारआली शाखाले बुधवार एक कार्यक्रमको आयोजना गरेर ‘कर्जा सुरक्षण’ बापतको ९० हजार काजक्रिया सहित १२ लाख ९१ हजार ४१५ रुपैयाँ वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १३ का वडाध्यक्ष कृष्णराज सिग्देल, शाखा प्रमुख चन्द्रकला बाँस्तोला, शाखाका अनुगमन अधिकृत गोमा बस्नेत लगायतले ‘कर्जा सुरक्षण’ वितरण गरेका हुन् ।

शेयर सदस्य गितादेवीको ३ लाख र अनिता शर्माको ६ लाख ऋिण समेत शाखाले मिनाह गरिदिएको छ ।

शाखा प्रमुख बाँस्तोलाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शाखाका कर्मचारी जीवन कटुवालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: