चार अग्रजलाई मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार

  प्रकाशित मिति
१५ फाल्गुन २०७६, बिहीबार १३:४४


नकुल काजी

विर्तामोड । अग्रज पत्रकार नकुल काजी, चन्द्र भण्डारी, चिन्तामणि दाहाल र लीला बराललाई ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

१५ हजार रुपैयाँ नगद राशीको सो पुरस्कार यही फागुन १८ गते आइतवार पत्रिकाको रजत महोत्सवको अबसर पारेर वितरण गरिने जानकारी दिइएको छ । विहीवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रकाशनले उक्त जानकारी दिएको हो ।

पत्रिकाका सम्पादक एकराज गिरीले पुरस्कारको विषयमा जानकारी दिँदै रजत महोत्सवमा ०७५ र ०७६ को उक्त पुरस्कार एकैसाथ चारजना झापाली अग्रज पत्रकारहरुलाई प्रदान गर्न लागेको जानकारी गराए ।

चन्द्र भण्डारी

पूर्वाञ्चल दैनिकका तत्कालीन प्रधान सम्पादक मदन ढकालको ०७३ मङ्सिर २३ गते निधन भएपछि सम्झनाका लागि संस्थाले ०७४ सालमा ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको थियो ।

हरेक वर्ष वार्षिकोत्सवमा वितरण गर्न सुरु गरिएको पुरस्कार पहिलोपटक पूर्वाञ्चल दैनिकका संस्थापक सम्पादक एवम् अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रीलाई प्रदान गरिएको थियो ।

पुरस्कार प्रदेश नम्वर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच पुरस्कार प्रदान गरिने सम्पादक गिरीले जानकारी दिए ।

लीला बराल

पूर्वाञ्चल दैनिकको स्थापनाकालदेखि अनवरत सेवारत् अग्रज पत्रकार पत्रिकाका डेस्क सम्पादक लक्ष्मण ढकाललाई ‘उत्कृष्ट पत्रकार’ सम्मान र व्यवस्थापक चन्द्रकान्त ढकाललाई ‘उत्कृष्ट व्यवस्थापक’ सम्मान प्रदान गरिने भएको छ ।

‘उत्कृष्ट स्तम्भकार÷लेखक’ सम्मान यस वर्ष मानवअधिकारकर्मी विष्णुप्रसाद खरेललाई प्रदान गरिने छ । विशेषाङ्कका लेखकहरु र संस्थाका कर्मचारीलाईसमेत सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रिका प्रकाशनको २४ बर्ष पूरा गरी २५ बर्षमा प्रवेश गरेको अबसरमा पत्रिकाले ‘पूर्वाञ्चल’ विशेषाङ्कको

चिन्तामणि दाहाल

लोकार्पण समेत गर्ने भएको छ ।

रजत महोत्सवको सन्दर्भमा पत्रकारिता विषयका विविध पक्ष समेटेर प्रकाशित ‘पूर्वाञ्चल’ विशेषाङ्क २२४ पृष्ठको रहेको पत्रिकाका सहसम्पादक सुरेन्द्र भण्डारीले जानकारी दिए ।

पुस्तकमा विभिन्न खण्डमार्फत विषयवस्तु समेटिएको छ । झापाको मात्र नभएर मेची अञ्चल र मुलुककै पत्रकारिताको पृष्ठभूमि, अवस्था तथा पत्रकारिता विषयका विविध पक्ष समेटिएको हुनाले पत्रकारिता विषयमा खोज अध्ययन गर्न चाहनेहरुका लागि उक्त विशेषाङ्क स्रोत पुस्तक बन्न सक्नेछ ।

त्यस्तै रजत महोत्सवको अवसरमा कार्यक्रम परिसरमा पूर्वाञ्चल दैनिकका फोटो पत्रकार तथा फोटो पत्रकार महासंघ झापाका अध्यक्ष कमलप्रसाद पाण्डे ‘बिनोद’को एकल फोटो प्रदर्शनी रहको र फोटो मानव जीवनशैलीसंग सम्वन्धित रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जेसीजको एक कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष आनन्द बस्नेतसँग मदन ढकाल । (फेसबुकबाट)

रजत महोत्सवको अवसरमा कार्यक्रम परिसरमा पूर्वाञ्चल दैनिकका व्यङ्ग्य चित्रकार (कार्टुनिष्ट) प्राज्ञ पवन राजवंशीको एकल व्यङ्ग्य चित्र (कार्टुन) प्रदर्शनीमा रहने छ । व्यङ्ग्य चित्रले देश, काल, परिस्थतिलाई उजागर गर्ने बताइएको छ ।

अग्रणी सञ्चार गृहको रुपमा स्थापित पूर्वाञ्चल दैनिक मोफसलमै पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पत्रिका भएको संस्थाका व्यवस्थापक चन्द्रकान्त ढकाल बताउँछन् ।

रजत महोत्सवको समुद्घाटन फागुन १८ गते आइतबार बिर्तामोडको अतिथि सदनमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: