चार कैदीबन्दी र दुई दृष्टिविहीनले दिए परीक्षा

  प्रकाशित मिति
१० चैत्र २०७५, आईतवार १२:३८


माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा विदुर नगरपालिका–७ स्थित चण्डेश्वरी माविका शर्मिला तामाङ सहयोगी प्रज्ज्वल अधिकारीमार्फत विदुर नपा–१० स्थित ओममाने पब्लिक विद्यालय केन्द्रबाट परीक्षा दिँदै । रासस

भद्रपुर । आजबाट सुरु भएको माध्यमिक तहको परीक्षा (एसइइ)मा झापाबाट चारजना कैदीबन्दी र दुई दृष्टिविहीन सामेल भएका छन् ।
कैदीबन्दीले झापा जिल्ला कारागारबाट नै परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख योगेन्द्र बरालले बताए । झापाकै दुई बाल कैदीबन्दीले भने बाल सुधार गृह सानोठिमीबाट परीक्षा दिइरहेका छन् ।

कारागारभित्र रहेको बन्दी विकास पुस्तकालयमा बसेर कैदीबन्दीले परीक्षा दिएका थिए । परीक्षामा सामेल सबै कैदीबन्दी पुरुष रहेका छन् ।

उनका अनुसार डिल्लीराज माध्यमिक विद्यालय कचनकवल र अनारमनी माविबाट एक–एक दृष्टिविहीन, बुद्धआदर्श मावि, पथरिया मावि कचनकवल, हिमाली मावि पृथ्वीनगरबाट एक–एक जना अपाङ्गता भएका विद्यार्थी परीक्षामा सामेल भएका छन् । दृष्टिविहीन परीक्षार्थीले कक्षा ९ मा अध्ययनरत सहयोगी राखेर परीक्षामा सामेल भएका हुन् ।

त्यसैगरी, सरस्वती मावि जामुनखाडी परीक्षा केन्द्रबाट ६ जना सुस्तश्रवण भएका विद्यार्थीले परीक्षा दिएका छन् । उनीहरु सबै कनकाई मावि सुरुङ्गाका विद्यार्थी हुन् । झापाबाट ५३ वटा केन्द्रमा १५ हजार ५८७ विद्यार्थी परीक्षामा सामेल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: