चार बर्षमा ९५० हराए, ४२८ मात्र फेला

  प्रकाशित मिति
२३ श्रावण २०७३, आईतवार १६:२१


haraya

भद्रपुर, २३ साउन । चार बर्षको अवधिमा झापामा ९५० जना महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार हराएका मध्ये ४२८ जना मात्र फेला परेको र ५२२ जना अझै हराइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरि शर्माले १० बर्षदेखि ४५ बर्ष उमेर समूहका महिला तथा बालबालिका हराउने गरेको बताए ।

आर्थिक बर्ष २०६९÷०७० मा २११ जना महिला तथा बालबालिका हराएकोमा १०९ जना फेला परेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जसमा हराएका महिला १६१ जना र हराएका बालबालिका ५० जना रहेका थिए ।

त्यसैगरी २०७०÷०७१ मा १४४ जना हराएका थिए भने ८३ जना फेला परेको कार्यालयले जनाएको छ । जसमा १३३ जना महिला र ११ जना बालबालिका हराएका थिए ।  आर्थिक बर्ष २०७१÷०७२ मा ३३० जना महिला तथा बालबालिका हराएका थिए । जसमा १६० जना मात्र फेला परेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । हराएका महिलाको संख्या २२० जना थियो भने बालबालिकाको संख्या ११० जना रहेको थियो ।

अन्य आर्थिक बर्षको तुलनामा यो बर्ष सबैभन्दा बढी महिला तथा बालबालिका हराएको निवेदन परेको प्रवक्ता शर्माले बताए ।  उनका अनुसार आर्थिक बर्ष २०७२÷०७३ मा १६४ जना महिला र १०१ जना बालबालिका हराएका थिए । तीमध्ये ७६ जना मात्र फेला परेका छन् ।

प्रवक्ता शर्माले हराएका महिला तथा बालबालिकाका अभिभावकले खोजी गरिदिन आग्रह गर्दै प्रहरी कार्यालयमा निवेदन दिने तर फेला परेपछि जानकारी नदिने हुँदा पनि फेला परेकाको संख्यामा कमी देखिएको बताए ।

कतिपय महिला तथा बालिकाहरु दलालको प्रलोभनमा परेर बेचिएका कारण पनि फेला पार्न नसकिएको प्रवक्ता शर्माको भनाई छ । उनका अनुसार सहरी क्षेत्रका भन्दा बढी ग्रामीण क्षेत्रका महिला तथा बालबालिका हराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: