झापा, ५ भदौ । नेपालमा चार महिनामा चट्याङबाट ५२ जनाको मृत्यु भएको छ । यसै अवधिमा चट्याङबाट १६५ जना घाइते भएका छन् ।
गृहमन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि भदौ ४ गतेसम्ममा २१७ जना चट्याङबाट पीडित बनेका छन् ।
वैशाखयता पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या २२३ छ भने बाढीका कारण १४ जनाले ज्यान गुमाएका छन् । पहिरोपछि सबैभन्दा ठूलो जोखिम चट्याङकै देखिएको छ ।
यसअवधिमा पहिरोमा परी घाइते हुनेको सङ्ख्या १८५ रहेकोमा चट्याङबाट मात्रै घाइते हुनेको सङ्ख्या १६५ रहेको छ ।