चार वटा मोटरसाइकलसहित ७ जना नियन्त्रणमा

  प्रकाशित मिति
२८ पुष २०७७, मंगलवार १६:४३


झापा, २८ पुस । जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

केही महिनादेखि बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको एरिया इलाकाहरुबाट मोटरसाइकल र स्कुटरहरु हराईरहेकाले इलाका प्रहरी कार्यालय अनारमनी तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चोरी भएका मोटरसाइकलसहित चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा इलामको माई नगरपालिका–२ का २२ बर्षीय क्षितिज भनिने रोशन तामाङ, २० बर्षीय रोशन बुढाथोकी, माई नगरपालिका–६ का २० बर्षीय रोशन गिरी, ३० बर्षीय राजेश गिरी, २० बर्षीय मनिष गिरी, फाल्गुनन्द गाउँपालिका–३ घर भई बिर्तामोड बस्ने २१ बर्षीय रोशन भन्ने पासाङ तामाङ र सिदिङवा गाउँपालिका–४ का २२ बर्षीय सन्दिप लिम्बु छन् ।

मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने मानिसहरुको पहिचान गर्न अप्रेशन हन्ट नाम दिई सुक्ष्मरुपमा अनुसन्धान थालेको प्रहरी टोलीले चोरी भएको ४ थान मोटरसाइकलसहित ७ जनालाई नियन्त्रणमा लिएको थियो ।

थप ११ थान मोटरसाइकल विभिन्न स्थानहरुबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: