पर्वतसहित चार प्रतिभालाई पुरस्कार

  प्रकाशित मिति
१ श्रावण २०७३, शनिबार १४:१४


prawat

काँकडभिट्टा, १ साउन । कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान झापाले यस बर्षको पवित्रा स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका सम्वाददाता पर्वत पोर्तेललाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानको शुक्रबार बसेको बैठकले पत्रकारिता सहित चार विधाका प्रतिभालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

पत्रकारिता पुरस्कारको नगद राशी ११ हजार रुपैयाँ रहेको छ ।  यसैगरी, प्रतिष्ठानले प्रजापति स्मृति किसान पुरस्कार टङ्कबहादुर राईलाई पुरस्कृत गर्ने भएको छ । पुरस्कारको नगद राशी ७ हजार रुपैयाँ रहेको छ ।

धनमाया देवकुमारी स्मृति ज्येष्ठ नागरिक पुरस्कार पूर्णमाया कार्कीलाई र मीना आचार्य स्मृति कर्मठ महिला पुरस्कार लक्ष्मी थापालाई दिने प्रतिष्ठानले निर्णय गरेको छ । कर्मठ महिला पुरस्कारको नगद राशी ५ हजार रुपैयाँ र अन्य पुरस्कारको ७ हजार रुपैयाँ रहेको प्रतिष्ठानका संरक्षक कृष्णप्रसाद उप्रेतीले जानकारी दिए ।

मेचीनगरका सामाजिक अगुवा कृष्णप्रसाद उप्रेतीले आफ्नी दिवङ्गत पत्नी पवित्रा उप्रेतीको स्मृतिमा अक्षय कोष समेत खडा गरी प्रतिष्ठान स्थापना गरेका हुन् ।

यही साउन ६ गते काँकडभिट्टामा पुरस्कार वितरण गरिने प्रतिष्ठानका अध्यक्ष एवम् साहित्यकार पुण्यप्रसाद खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: