चार सयको घर नक्सा पासमा रोक

  प्रकाशित मिति
२७ चैत्र २०७४, मंगलवार ०८:३२


भद्रपुर । चारआली–केचना सडकखण्ड अन्तर्गत साविकको पृथ्वीनगरका ४ सय बढीको घर नक्सा पास भद्रपुर नगरपालिकाले नगर्ने भएको छ ।
२०३१ सालमा सडक विभागले तय गरेको नियम विपरीत घर बनिएको आरोप लगाउँदै नगर प्रशासनले घर नक्सा पास नगर्दा स्थानीयले पीडित बन्नु परेको भन्दै भद्रपुर नगरपालिका, प्रदेश नम्बर १ को मुख्यमन्त्रीको कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासनलाई समस्या हल गरिदिन माग गर्दै स्थानीयले ज्ञापनपत्र बुझाएका हुन् ।

२०३७ सालमा नेपाल पुनर्वास कम्पनीले बस्ती बसाएको साविक पृथ्वीनगर क्षेत्र सडक विभागको २०३१ को सडक वर्गीकरणमा नपर्ने प्रष्ट हुँदाहुँदै पनि नगरपालिका प्रशासनले स्थानीयको घरजग्गा नक्सा पास रोकेकाले बाध्य भएर समस्या हल गर्न अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाउनु परेको सङ्घर्ष समितिका संयोजक शिवकुमार राजभण्डारीले जानकारी दिए ।

उनका अनुसार २०३७ सालको नक्सा अनुसार भद्रपुर दक्षिण १२ मिटरको सडक मात्र नक्साङ्कन भएको प्रमाण पेश गर्दा पनि नगर प्रशासनले नक्सा पास नगर्दा समस्या परेको हो ।

घर जग्गा भएर पनि सुकुम्बासी बन्नु पर्ने विडम्बना ल्याउन नगर प्रशासनले घर नक्सा पास रोकेको स्थानीय पीडितको आरोप छ । सयौँको सङ्ख्यामा आएका स्थानीयले गत पुस महिनायता पटक–पटक समस्या हल गर्न माग गरेको भएपनि सुनुवाइ नभएको आरोप लगाएका छन् । सङ्घर्ष समितिका सचिव अरुण श्रेष्ठका अनुसार २०३७ सालको सडक नक्सा अनुरुप बनिएका घर नक्सा पास नभए लाखौँ राजश्व समेत नगरपालिकाले गुमाउने छ ।

यस्तै, बैङ्किङ कारोबारमा रहेका घर जग्गाका रकम समेत स्थानीयले नतिर्ने हुँदा राज्यलाई नोक्सानी पुग्ने श्रेष्ठले बताए ।

ज्ञापनपत्र बुझाउन सङ्घर्ष समितिका संयोजक शिवकुमार राजभण्डारी नेतृत्वमा सह संयोजक नारायण दाहाल, सचिव अरुण श्रेष्ठ, सल्लाहकार संयोजक गणेश पोखरेललगायत सयौँ स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: