चालीस स्वास्थ्यकर्मीले आजै जिते कोरोना, बीएन्डसी दसैंमा पनि खुला रहने

  प्रकाशित मिति
८ कार्तिक २०७७, शनिबार १४:१७


विर्तामोड, ८ कार्तिक । बीएन्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटलका चालीस जना डाक्टरलगायत स्वास्थ्यकर्मीले आज कोरोना जितेका छन् ।

जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार १४ दिन आइसोलेसनमा बसेका ४० जना स्वास्थ्यकर्मीले कोरोना जितेसँगै दुबै हस्पिटल कोरोनामुक्त भएको छ ।

कोरोना जित्नेमा पूर्वाञ्चल क्यान्सर हस्पिटलका प्रमुख डा. वीरेन्द्र यादवसहित १० जना वरिष्ठ चिकित्सक समेत छन् ।

कोरोना पोजेटिभ भएका स्वास्थ्यकर्मीलाई हस्पिटलले आफैले बनाएको आइसोलेसनमा राख्दै आएको थियो ।

दसैं अवधिमा विगतमा झैं बीएन्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटल सर्वसाधारणको उपचारका लागि खुल्ला रहने हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: