‘चिकित्सा शिक्षा पढाउन देउ’-बीएन्डसी

  प्रकाशित मिति
९ भाद्र २०७४, शुक्रबार १२:५९


bnc

बिर्तामोड । भौतिक सुविधा सम्पन्न बिर्तामोडको बीएन्डसी टिचिङ हस्पिटलले तत्काल चिकित्सा शिक्षा अध्यापनका लागि अनुमति दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

पूर्वाधार नपुगेका राजधानीका कतिपय मेडिकल कलेजलाई सरकारले चिकित्सा शिक्षा अध्यापनका लागि अनुमति दिइएको खुलासा भएपछि बीएन्डसीले आफूले पूरा गरेको मापदण्ड चेकजाँच गर्ने हिम्मत गर्न सरकारलाई भनेको हो ।

बिहीवार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बीएन्डसी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले काठमाडौँ उपत्यकामा पूर्वाधार र आवश्यक मापदण्ड पूरा नगरेको नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएर सरकारले वीएन्डसीमाथि अन्याय गरेको भन्दै आक्रोश व्यक्त गरे । २०६८ माघ २४ गते शिक्षा मन्त्रालयले एमबीबीस कार्यक्रम सञ्चालनका लागि मनसाय पत्र दिएपछि बीएन्डसीले आवश्यक पूर्वाधार निर्माणको कार्य अघि बढाएको थियो ।
चिकित्सा शिक्षा विधेयक पारित गरेर मात्रै मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने डा.गोविन्द केसीको माग विपरीत सरकारले राजधानीको नेसनल मेडिकल कलेजलाई हालै सम्बन्धन दिएको थियो । चिकित्सा शिक्षा विधेयक हाल संसदमा विचाराधीन छ ।

‘निर्धारित मापदण्ड र पूर्वाधार विनाका मेडिकल कलेजलाई सम्बन्धन दिने तर बीएन्डसीलाई वेवास्ता गर्ने सरकारी प्रवृत्ति निन्दनीय छ’, कार्यकारी निर्देशक प्रसाईले भने–‘यसविरुद्ध मेची अञ्चलबासी जुर्मुराएर उठ्नु पर्ने बेला आएको छ ।’

स्वास्थ्य मन्त्रालयबाट तीन सय शैयाको अस्पताल सञ्चालनको अनुमति पाएको बीएन्डसीमा एक सयको हाराहारीमा विशेषज्ञ चिकित्सक कार्यरत छन् । हस्पिटलले छ सय ७१ जनालाई रोजगारी दिएको छ । टिचिङ हस्पिटल सञ्चालनका लागि २२ विघा जग्गासहित आवश्यक पूर्वाधार र उपकरणको व्यवस्था गरिसकिएको कार्यकारी निर्देशक प्रसाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: