चिनियाँ भ्याक्सिन ‘साइनोभेक’ २–८ डिग्रीमै भण्डारण गर्न सकिने

  प्रकाशित मिति
२७ मंसिर २०७७, शनिबार ०८:५१


झापा, २७ मंसिर । छिमेकी मुलुक चीनले बनाएको ‘साइनोभेक’ नामक कोरोना भ्याक्सिन इन्डोनेसिया, चिली, ब्राजील र थुप्रै ल्याटिन तथा अफ्रिकी मुलुकमा प्रयोग गरिने भएको छ ।

तेस्रो चरणको क्लिनिकल ट्रायल केही सातामै पुरा गर्न लागेको यो भ्याक्सिन अहिलेसम्म बनेका अरु भ्याक्सिनभन्दा फरक र प्रभावकारी हुने विज्ञहरुले अपेक्षा गरेका छन् ।

अक्सफोर्ड, फाइजर र स्पुतनिक नामक तीन भ्याक्सिनले लगभग क्लिनिकल ट्रायल पूरा गर्दैछन् । पश्चिमा मुलुकले बनाएका ती भ्याक्सिन र चिनिया भ्याक्सिनको विशेषता फरक रहेको बताइएको छ ।

चिनिया भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने विशेषताका कारण गरीव मुलुकका लागि उपयुक्त हुने देखिन्छ ।

जबकि, फाइजर मायनस ७० र अक्सफोर्डको मार्डना भ्याक्सिन माइनस २० डिग्री सेल्सियसमा भण्डारण गर्न अनिवार्य छ ।

गरीव मुलुकका पूर्वाधार नभएका गाउँ देहातमा चिनिया भ्याक्सिन पुर्याउन सहज हुने देखिन्छ ।

चिनियाँ भ्याक्सिनमार्फत मानव शरीरमा मृत भाइरसको अंश पठाइन्छ । जसका कारण हाम्रो शरीरको इम्युन सिस्टमले मृत भाइरससँग तुरुन्तै लड्ने प्राक्टिस गर्छ र साँच्चिकै भाइरसलाई पराजित गर्ने क्षमता शरीरभित्रै विकास गर्छ । यसको साइड इफेक्ट केही नहुने बताइएको छ ।

तर पश्चिमा मुलुकले बनाएका मोर्डना र फाइजर भ्याक्सिनमा कोरोना भाइरसको जेनेटिक कोडलाई इन्जेक्ट गरिएको हुन्छ । जसले शरीरभित्र भाइरससँग लड्नका लागि इम्युन सिस्टमलाई तयार मात्र बनाउँछ ।

पहिलोपल्ट चीनको बुहानमा कोरोना भाइरस देखा परेको र सबैभन्दा चीनले नै कोरोनासँगको लडाइ जितेको कारण उसँग भ्याक्सिन बनाउने क्षमता अब्बल रहेको विश्वास गरिएको छ ।

यता, छिमेकतिर भ्याक्सिन प्रयोगको तयारी तीब्र भइरहेका बेला नेपालमा भने कुन भ्याक्सिन कहाँबाट ल्याउने अझै टुंगो लागेको छैन । जुन भ्याक्सिनले विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउँछ, त्यही ल्याउने भन्ने नेपाल सरकारको निर्णय छ ।

(स्रोत : बीबीसी)

Health worker and volunteer Fabiana Souza receives a COVID-19 vaccine produced by Chinese company Sinovac Biotech at the Sao Lucas Hospital, in Porto Alegre, southern Brazil on August 08, 2020. – The vaccine trial is being carried out in Brazil in partnership with Brazilian Research Institute Butanta. (Photo by SILVIO AVILA / AFP)
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: