‘चिमरिया नै काङ्ग्रेसको आधिकारिक’

  प्रकाशित मिति
२ श्रावण २०७३, आईतवार ०९:३६


lilaविर्तामोड । कनकाई उद्योग वाणिज्य सङ्घको चुनावमा अध्यक्षको उम्मेदवार बनेका दुई जनामध्ये ‘को चाहिँ नेपाली काङ्ग्रेसको आधिकारिक’ भन्ने विवादमा पहिलोपल्ट जिल्ला तहबाट धारणा सार्वजनिक भएको छ ।

नेपाली काङ्ग्रेस झापाका कोषाध्यक्ष तथा पार्टीको उद्योग वाणिज्य विभागका प्रमुख केशवराज पाण्डेले पार्टीको नगर तथा क्षेत्रीय समितिले गरेको निर्णयमा नै जिल्लाको समर्थन रहने बताएका छन् ।

अध्यक्षका उम्मेदवारद्वय लीला चिमिरिया र कुमारमणि पोखरेल दुबै जना राजनीतिक रुपमा काङ्ग्रेसका कार्यकर्ता हुन् । दुबैले आफुलाई पार्टीको समर्थन रहेको दावी गर्दै आएको सन्दर्भमा जिल्ला तहबाट पहिलोपल्ट धारणा आएको हो ।

पार्टीको नगर तथा क्षेत्रीय समितिले लीला चिमरियालाई नै पार्टीको आधिकारिक उम्मेदवार भएको निर्णय गरिसकेको छ । समितिको बैठकमा बहुमतको आधारमा सो निर्णय गरिएको थियो । केहीले त्यसमा असहमति समेत व्यक्त गरेका थिए ।

‘नगर र क्षेत्रको बैठकमा लिखितरुप्मा जे निर्णय भइसकेको छ, त्यसमा जिल्लाको हस्तक्षेप वा अर्को भिन्न धारणा हुँदैन’–जिल्ला कोषाध्यक्ष पाण्डेले लोकतन्त्र पोस्टसँग भने । उनले चिमरिया नै काङ्ग्रेसको आधिकारिक उम्मेदवार भएको स्पष्ट बताए ।

तर कनकाई उद्योग वाणिज्य सङ्घका वत्र्तमान अध्यक्ष युवराज सङ्ग्रौलाले नेपाली काङ्ग्रेसको नगर तथा क्षेत्रीय समितिको बैठकमा सर्वसम्मत निर्णय नभएको औँल्याउँदै पार्टीमा आस्था राख्ने व्यवसायीहरू दुबै उम्मेदवारको पक्षमा फिप्टी–फिप्टी बाँडिएको दावी गरेका छन् ।

‘कुमारमणिजी काङ्ग्रेसकै कार्यकर्ता हो भन्नेमा कसैलाई कहिल्यै शङ्का छैन’, सङ्ग्रौला भन्छन्–‘अरु पार्टीले हामीलाई समर्थन जनाएका हुन् ।’ उनले नगर समितिले छलफल र सहमतिको माध्यमबाट काङ्ग्रेसको एउटै उम्मेदवार बनाउन सकिने पर्याप्त समय छँदाछँदै हतार हतारमा चिमरियालाई घोषणा गरेको जिकीर गरे ।

नेपाली काङ्ग्रेस कनकाई नगर समितिका सभापति नेत्र चिमरिया नगर तथा क्षेत्रीय समितिले लीला चिमरियालाई समर्थन जनाएको हुँदा पार्टीका शुभेच्छुक तथा समर्थक उनकै पक्षमा एक ढिक्का रहेको बताउँछन् ।

(२०७३ साउन २ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: