लकडाउनका बेला चिया मजदुरलाई काममा लगाइएकोमा काङ्ग्रेस प्रवक्ताको आपत्ति

  प्रकाशित मिति
२३ चैत्र २०७६, आईतवार ११:०५


मेचीनगर । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लकडाउनका बेला चिया बगान खुला गरेर मजदुरहरुलाई काममा लगाउनु आपत्तिजनक भएको जनाउँदै त्यसलाई रोक्न आग्रह गरेका छन् ।

नेपाल सरकारले नै प्रदेश र स्थानीय सरकारहरुलाई निर्देशन दिएर चिया बगान खोल्न अनुमति दिएको थियो ।

आइतवारदेखि झापा र इलामका चिया बगानहरु आंशिक रुपमा खुलेका छन् ।

लकडाउनका बेला मजदुरलाई काममा पठाउने निर्देशन जसले दिएको भए पनि गम्भीर भएको बताउँदै प्रवक्ता शर्माले आइतवार नै फेसबुकमा धारणा पोस्ट गर्दै भनेका छन्–‘नभुलौं श्रमिकको जीवन पनि जीवन नै हो । अनि यो पनि नभुलौं बगानहरुबाट सङ्क्रमण फैलिए त्यसले श्रमिकलाई मात्रै होइन सो भूगोलकै अन्य बर्ग र समुदायमा पनि त्यो फैलिने छ ।’

शर्माको ट्वीटको पूर्ण विवरण यस्तो छ–
‘‘लक डाउन जारी रहेका बेला आज झापाका केही चिया बगानहरुमा श्रमिकहरुलाई काम लगाइएको बिषय अत्यन्तै गम्भीर छ ।
जहाँबाट जो जसले आदेश या निर्देशन दिएका हुन्, यो आपत्तिजनक छ । केन्द्रिय सरकारले लक डाउन घोषणा गर्नु परिस्थितिको बाध्यता हो, त्यसलाई अन्य तहका सरकार या चिया उद्योगीहरुले इमानदारीपूर्वक आत्मसात गर्नुपर्छ ।
नभुलौं श्रमिकको जीवनपनि जीवननै हो । अनि यो पनि नभुलौं बगानहरुबाट सङ्क्रमण फैलिए त्यसले श्रमिकलाई मात्रै होइन सो भूगोलकै अन्य बर्ग र समुदायमा पनि त्यो फैलिने छ ।’’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: