चिया मजदूरको आन्दोलन सुरु

  प्रकाशित मिति
१७ चैत्र २०७५, आईतवार १५:३९


झापा । पूर्वका चिया बगान तथा कारखानामा कार्यरत श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै फेरि आजदेखि चरणबद्ध आन्दोलन सुरु गरेका छन् ।

उनीहरुले आज सबै चिया प्रतिष्ठानहरुमा अनिश्चितकालीन तालाबन्दीसहित चन्द्रगढीमा विरोधसभा गरेका छन् । गिरिजाप्रसाद कोइराला स्मृति भवन अगाडिबाट ‘श्रम ऐन लागू गर, राजपत्रमा उल्लेखित न्यूनतम पारिश्रमिक कार्यान्वयन गर’लगायतका नारा लेखिएका व्यानरसहित निकालिएको र्याली जिल्ला प्रशासन कार्यालय हुँदै चन्द्रगढी बजार परिक्रमा गरी ट्रेड यूनियन चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

 

कोणसभालाई सम्बोधन गर्र्दै मजदूर नेताहरुले कारखानाका मालिकले नेपाल सरकारको राजपत्रमा उल्लेखित पारिश्रमिक कार्यन्वयनमा कतैबाट चासो नदिएकोले फेरि आन्दोलित हुनु परेको बताएका थिए । र्यालीमा जिल्लाका सयौं मजदूरहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: