चिया मजदूरको निःशुल्क विमा

  प्रकाशित मिति
२६ फाल्गुन २०७४, शनिबार १६:१२


भद्रपुर । हल्दिवारी र झापाको हल्दिबारी गाउँपालिका २ नं वडाले पहिलो पटक चिया मजदुर र महिला स्वयम् सेविकाहरुका लागि निःशुल्क बिमा शुरु गरेको छ ।

महिला स्वयम् सेविका र विपन्न चिया मजदुर परिवारलाई पहिलो चरणमा ५० हजारको निःशुल्क स्वास्थ्य बिमा सुरु गरिएको हल्दिबारी २ नं वडा अध्यक्ष राजेन्द्र योङहाङले जानकारी दिए ।

६ घर परिवारका २७ जना महिला स्वयम् सेविका र २१ घर परिवारका विपन्न चिया मजदुर १११ जनालाई ७५ हजार रुपैँया बराबरको विमा गरि स्वास्थ्य उपचारमा सहयोग गर्ने कार्यको थालनी गरेको अध्यक्ष योङहाङ्ले जानकारी दिए ।

साना चिया किसान र ठूला गरी हल्दिबारी गाउँपालिकामा हजारौ विगाहा जमिनमा चियाको खेती हुने गर्दछ । हल्दिबारीमा ५ वटा चिया प्रशोधन मिल समेत रहेका छ्न ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: