‘ चिहाएर हेर्दा पनि कतै दाग नदेखियोस्’

  प्रकाशित मिति
१७ चैत्र २०७४, शनिबार १५:४७


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सफल भए मात्र देश सफल हुने बताउनु भएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राख्नुभएको हो ।

राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगे भने पनि जनताले त्यो कुरा महसुस गरे कि गरेनन् भन्ने कुरा महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभुति गर्ने गरी तपाईंहरुले काम गर्नाेस,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसपाली हामीले सरकारका अधिकारको बाँडफाँडको नयाँ अभ्यास गरेका छौं । यसलाई सफल बनाएर जनतालाई संघीयताको सकारात्मक सन्देश दिनुपर्छ ।’

स्थानीय तहमा युवा र महिला जनप्रतिनिधिको संख्या उल्लेख्य भएकोले धेरै काम हुनेमा आफू आशावादी रहेको बिश्वास पनि प्रधानमन्त्रीले ब्यक्त गर्नुभयो । ‘अहिले ५१ प्रतिशत उपाध्यक्ष ४० बर्षभन्दा मुनीका, एक चौथाइ अध्यक्ष ४० बर्ष भन्दा कम उमेर समुहका छन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘४० प्रतिशत जनप्रतिनिधी त महिला नै छन् । यस्तो बेलामा पनि स्थनीय तहको विकास नभए कहिले होला त ?’

गाउँपालिका राष्ट्रिय महासंघको सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीप्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधीलाई भ्रष्टाचारबाट टाढै रहन निर्देशनसमेत दिनुभयो । भ्रष्टाचार, कुशासन जस्ता कुराबाट टाढै रहेर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तपाईंहरुमा टाढाबाट हेर्दा मात्र होइन, नजिकबाट चिहाएर हेर्दा पनि कतै दाग नदेखियोस ।’

प्रधानमन्त्री ओलीले स्थनीय तहमा भएको कर्मचारीको अभाव चाँडै पुरा गरिने जनाउसमेत दिनुभयो । सरकारले कर्मचारी समायोजनको काम अघि बढाइसकेकोले केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने प्रधनमन्त्रीको भनाइ छ । पूर्वाधार, विद्यतु, वैकल्पिक उर्जा, सञ्चार आदि क्षेत्रको विकासमा लाग्न प्रधानमन्त्री ओलीले जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: