चीनले थप २० लाख डोज कोरोना खोप दिने

  प्रकाशित मिति
३ कार्तिक २०७८, बुधबार १०:२२


झापा,३ कात्तिक । चीनले नेपाललाई थप २० लाख डोज कोरोना विरूद्धको खोप दिने प्रतिवद्धता जनाएको छ ।
परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भएको टेलिफोन कुराकानीमा विदेशमन्त्री यीले कोरोना खोप अनुदान दिने प्रतिवद्धता जनाएका हुन् ।

विदेशमन्त्री यीले थप २० लाख डोज खोप दिने प्रतिवद्धता जनाएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

परराष्ट्र मन्त्री खड्काले विदेशमन्त्री यीलाई धन्यवादसमेत दिएका थिए ।

उनीहरूबीच मंगलबार करिब एक घन्टा टेलिफोनमा कुराकानी भएको थियो । उनीहरूबीच द्विपक्षीय हितबारे पनि कुराकानी भएको थियो ।

साथै उनीहरूबीच सीमा व्यवस्थापन, तातोपानी र रसुवागढी नाकाबाट नियमित सामाग्री ढुवानी, हवाई सम्पर्क लगायत विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: