चीनले भन्यो : हस्तक्षेप होइन, सद्भावपूर्ण भेटघाट

  प्रकाशित मिति
१३ पुष २०७७, सोमबार १९:४१


फोटो : अनलाइन खवर

झापा, १३ पुस । प्रतिनिधिसभाको विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भइसकेको छ ।

नेकपाको विभाजन रोक्ने कसरतका लागि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचाओको टोलीले आज दिनभर राजनीतिक भेटमा सक्रिय रह्यो ।

बिहान पूर्व प्रधानमन्त्री तथा नेकपाका एक अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लाई भेट गर्न खुमलटार पुगेको टोली मध्यान्ह वानेश्वर स्थित एभरेस्ट होटलमा पुग्यो ।

त्यहाँ नेकपाको प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल भेटका लागि तयार थिए । नेकपाको विदेश विभागका प्रमुखसमेत रहेका नेता नेपालसँग भेट गरेको चिनियाँ टोलीले काठमाडौंमा गरेका अधिकांश भेटलाई गोप्य राखेको छ ।

फोटो : सेतोपाटी

आइतवार एयर चाइनाको विशेष विमानबाट नेपाल आइपुगेको कुओ नेतृत्वको चार सदस्यीय टोलीको भ्रमणको वारेमा नेपालका सुरक्षा निकायलाई पनि यथेस्ट जानकारी दिइएको छैन ।

नेपाल प्रहरीको सुरक्षा दिने आग्रहलाई अस्वीकार गर्दै यो टोली दूतावासकै सैनिक सहचारी लिएर नेताहरु भेट गर्न हिँडिरहेको थियो ।

टोलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको थियो । त्यस्तै नेकपाको अर्को समूहको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा पुगेर भेट गर्यो ।

राजनीतिक भेटलाई नेताहरुले सद्भावना भेटको रुपमा व्याख्या गरेका छन् । यद्यपि, यी भेटमा के विषयमा छलफल भए भन्ने जानकारी भने गराइएको छैन । चिनियाँ टोलीको नेपाल भ्रमणको विषयमा जानकार स्रोतले टोलीले नेकपाका तीन नेताका अलावा दोस्रो तहका नेताहरुसँग पनि काठमाडौंका विभिन्न होटलहरुमा भेट गरेको छ । टोली होटल परिवर्तन गर्दै भेटमा सक्रिय छ ।

यता, चिनियाँ टोलीले मंगलवार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्ने उनका सहयोगी भानु देउवाले जानकारी दिएका छन् ।

(पहिलोपोष्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: