चुनावी प्रचारका लागि छुट्टै सामाजिक सञ्जाल समिति

  प्रकाशित मिति
१५ जेष्ठ २०७४, सोमबार २०:१८


मेचीनगर । नेपाली काङ्ग्रेस मेचीनगरले आसन्न चुनावको प्रचार प्रसारलाई प्रभावकारी तुल्याउन सामाजिक सञ्जाल समिति गठन गरेको छ ।
सामाजिक सञ्जाल भन्नाले फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतलाई बुझिन्छ ।

पार्टीको चुनाव सम्पर्क कार्यालय धुलावारीमा मङ्गलवार बसेको भेलाले गोपाल बस्नेतको संयोजकत्वमा सामाजिक सञ्जाल समिति गठन गरेको हो ।

पहिलो चरणको चुनावमा फेसबुक र ट्वीट्रको प्रयोगबाट चुनावको व्यापक प्रचार गरिएको थियो । खासगरी एमाले र माओबादीले त्यस्ता सञ्जालको बढी प्रयोग गरेको पाइएको थियो ।

काङ्ग्रेसका नगर प्रवक्ता पुष्पराज पौडेलले पार्टीले यस चुनावमा सामाजिक सञ्जाललाई काङ्ग्रेसमय बनाउने उद्देश्यले समिति नै गठन गरिएको जानकारी दिए ।

भेलाले क्षेत्रीय सभापति मणि उप्रेतीको संयोजकत्वमा चुनाव परिचालन समिति, नगर सभापति इन्द्र बुढाथोकीको संयोजकत्वमा मूल प्रचार प्रसार समिति र महाधिवेशन प्रतिनिधि बिजय डालमियाको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ ।

त्यस्तै, जिल्ला सदस्य पुष्पराज पौडेलको संयोजकत्वमा सचिवालय समिति, तेजप्रसाद चौलागाइँको संयोजकत्वमा प्रचार सामग्री तयारी समिति, नगर उपसभापति सुरेन्द्र बुढाथोकीको संयोजकत्वमा प्रचार समाग्री छपाई समिति र होमराज ढकालको संयोजकत्वमा बौद्धिक परामर्श समिति गठन भएको छ ।

जिल्ला सचिव प्रेम सम्वाहाम्फेको संयोजकत्वमा गाउँ नगर समन्वय समिति, जिल्ला उपसभापति राम कट्टेलको संयोजकत्वमा अनुगमन समिति, महाधिवेशन प्रतिनिधि टेकबहादुर लिम्बुको संयोजकत्वमा भ्रातृ सङ्गठन समन्वय समिति र महासमिति सदस्य अशोक पोखरेलको संयोजकत्वमा निर्वाचन तथा कानूनी सहयोग समिति गठन भएको पार्टीका नगर प्रवक्ता पौडेलले जानकारी दिए ।

मूल समिति ३ हजार ७ सय ७७ सदस्यीय गठन भएको जनाइएको छ । पार्टीले सबै १५ वडामा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।
मेचीनगरका पार्टीका तर्फबाट मेयरको उम्मेद्वारको रुपमा नाम सिफारिस भइसकेका विमल आचार्य, केशवराज पाण्डे, पङ्कज नेम्वाङ लगायतलाई भने कुनै पनि समितिमा राखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: