चुनावी मैदानमा लिम्बुवान पनि

  प्रकाशित मिति
३ असार २०७४, शनिबार ०९:४१


limbuwan mechinagarमेचीनगर । कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक मञ्चले मेचीनगरको मेयर र उपमेयर दुबै पदमा उम्मेद्वार उठाउने निर्णय गरेको छ ।
मञ्च आवद्ध सङ्घीय लिम्बुवान मञ्च नेपालको तर्फबाट मेचीनगरको मेयरमा बुद्धिमान तामाङ र उपमेयरमा नरमाया गहतराज उम्मेद्वार बनेका छन् ।
मेयर र उपमेयर दुबै पदका उम्मेद्वार पार्टीका जिल्ला सदस्य हुन् ।

यसैगरी, मञ्चले मेचीनगरको वडा नं.२ मा वडाध्यक्ष पदमा बुद्ध तिगेला, महिला सदस्य पदमा लिम्बु र दलित सदस्यमा शारदा लामगादेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

वडाको सदस्य पदमा प्रेमराज लिम्बु मनी र लोकबहादुर लिम्बुलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
मञ्चले चुनाव चिह्नको रुपमा ‘घर’ रोजेको छ । निर्वाचन आयोगमा दर्ता भए अनुसार जनमुक्ति पार्टीको चुनाव चिह्न घर हो । तर मञ्चले जनमुक्तिसँग सहकार्य गरी घर चिह्न रोजेको हो ।

भूमि, जाति र वर्गीय मुक्तिका लागि लिम्बुवान पार्टीले चुनावमा भाग लिएको जिल्ला सदस्य प्रेमराज लिम्बु बताउँछन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: