‘एमालेले जित्ला भनेर अरु डराए’

  प्रकाशित मिति
२ मंसिर २०७३, बिहीबार १६:३५


jhalnatha-89

बिर्तामोड २ मङसिर । नेकपा एमालेका शीर्ष नेताहरुले पुरानै संरचनामा भएपनि स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

झापाको बिर्तामोडमा बिहिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेताहरुले संविधान कार्यान्वयनका निम्ति चुनाव अपरिहार्य रहेको बताउँदै २०७४ माघ सम्ममा तीनवटै तहको निर्वाचन सक्नुपर्ने भएको बताएका छन् ।

पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले राज्य पुनसंरचना आयोगले सो अवधिमा आफ्नो कार्यभार पुरा गर्ने सम्भावना नभएकाले पुरानै संरचनामा भएपनि चुनाव गर्नुपर्ने अवस्था आएको बताए ।

नेता खनालले बर्तमान सरकार बिभिन्न बखेडा झिकेर् चुनाव लम्ब्याउन खोजिरहेको आरोप लगाउँदै अहिलेको अवस्थामा संविधान संसोधनको कुनै औचित्य नरहेको प्रष्ट पारेका छन् । ‘संविधान संसोधन के का लागि र किन भन्ने प्रष्ट नभइएकन एमालले तेसमा सहमति नगर्ने समेत उनले बताए ।

नेकपा एमालेको चारमहिने राष्ट्रिय अभियानका क्रममा झापा आएका खनाल लगायत १ न प्रदेशका संयोजक भिम आचार्य, सहसंयोजक शेरधन राई र केन्द्रीय सदस्य तथा मेची इन्चार्ज हिक्मत कार्कीले देश एमालेमय भएको भन्दै तत्काल चुनाव भए आफूहरु पराजय हुने डरले काङग्रेस र माओवादी चुनाव गर्नबाट पछि हट्दै गएको समेत बताए ।

अर्काे एक प्रसंगमा बोल्दै नेता खनालले एउटा ब्यक्तिका कारण हजारौं बिद्यार्थीले पढ्न नपाउने अवस्था रहन नहुने बताए । उनले मेडिकल कलेजलाई सम्बन्धन दिन सुविधा थप्नुपर्ने बताए । नेताले मात्र राष्ट्रिय ढिकुटीबाट खर्च गरेर उपचार गर्न जाने परिपाटीेको अन्त्य हुनुपर्ने उनले बताए ।

कार्यक्रममा नेता आचार्यले १ नम्बर प्रदेश अवको चुनावपछि एमाले पहिलो पार्टी हुने दावी गरे । उनले अवको राजनीतिक विकास केन्द्रीत हुनु पर्ने भन्दै त्यसका लागि एमालेले गुरु योजना तयार गरी काम थाल्ने जानकारी दिए ।

त्यस्तै नेता राईले वर्तमान सरकारले निर्वाचन गराउँन नसक्ने बताए । उनले निर्वाचनका नाममा जनतालाई झुक्याउने काम मात्र गरेको आरोप लगाए । कार्यक्रम प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: