चुनाव : झापा–१ मा जे देखियो (फोटो फिचर)

  प्रकाशित मिति
४ मंसिर २०७९, आईतवार २०:३७


मेचीनगर, ४ मंसिर । मतदान सकिएपछि झापा क्षेत्र नम्बर १ का मतदानस्थलबाट मतपेटिका संकलन गर्न ढिलो भएपछि मतगणना भोली मात्र हुने भएको छ ।

मतपेटिका ल्याउन ढिलो

आइतबार साँझ ५ बजे मतदान सकिएपछि झापा–१ का मतदानस्थलबाट मतपेटिकाहरु गणनास्थलमा ल्याउने काम ढिलो भएपछि मतगणना सोमबार मात्र हुने भएको हो ।

मतगणनास्थल नगरपालिकामा

झापा–१ को मतगणना मेचीनगर नगरपालिका कार्यालयको २ वटा कोठामा हुने निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए । आवश्यक परे अन्य कोठाहरु बढाउन सकिने उनको भनाइ छ ।

मतगणना भोली

‘मतगणना कार्य भोली मात्र हुनेछ’, महतले भने–‘जम्मा मत कति खस्यो अहिले थाहा हुँदैन । सबै मतदान केन्द्रको संख्या संकलन गर्न समय लाग्ने छ ।’

बालसुबोधिनि माविमा विवाद

मेचीनगर–१४ को बालसुबोधिनि माविमा ५ वजे मतदान सकिनु पर्ने हो । तर, विवादका कारण राति ८ वजेसम्म पनि मतदान भइरहेको थियो । विहान सो मतदान केन्द्रमा प्रतिनिधि सभाको २१ जनाको मतपत्र प्रदेश सभाको बाकसमा परेपछि विवाद भएको थियो ।

त्यो मत छुट्टै बाकसमा राखिएको थियो । २१ जनालाई फेरि मतदान गर्ने सहमति भएपछि २ घण्टा स्थगित गरेपछि फेरि मतदान सुरु गरिएको थियो ।

सरस्वती प्राविमा पनि विवाद

त्यस्तै मेचीनगर–७ को सरस्वती प्राविमा पनि सोहि प्रकारको विवाद भएपछि ४२ जनाको मत छुट्टै बाकसमा राखिएको थियो ।

झापा–१ मा ७२ प्रतिशत मत खस्यो

निर्वाचन अधिकृत महतका अनुसार ७२ प्रतिशतको हाराहारीमा मत खसेको अनुमान गरिएको छ । क्षेत्र नं. १ मा एक लाख २० हजार ७५४ जना मतदाता थिए ।

झापामा ६७ प्रतिशत मत खस्यो

यता मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले झापामा ६७ प्रतिशत भन्दा बढी मत खसेको बताएका छन् ।

झापामा मतदान शान्तिपूर्ण

आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर एकसाथ बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो ।

मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका थिए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: