चुनाव बहिष्कारको आह्वान गर्दै प्रदर्शन

  प्रकाशित मिति
१३ बैशाख २०७४, बुधबार १३:४५


lb 11विर्तामोड । लिम्बुवान स्वायत्त प्रदेशका लागि आन्दोलनरत ६ वटा लिम्बुवानजन्य राजनीतिक सङ्गठनको संयुक्त मोर्चाले चुनाव वहिष्कारको आह्वान गर्दै विर्तामोडमा प्रदर्शन गरेको छ ।

बैशाख ३१ र जेठ ३१ गते दुई चरणमा हुने भनिएको गाउँपालिका र नगरपालिकाको चुनाव समग्र लिम्बुवानबासीका लागि कागलाई बेल पाके सरह हर्ष न विस्मातको विषय भएकोले वहिष्कार आन्दोलन सुरु गएिको मोर्चाका नेताहरुले उद्घोष गरेका छन् ।

सोमवार दिउँसो अदुवा पुल पश्चिमबाट लिम्बुवान कार्यकर्ताले निकालेको वृहत विरोध र्याली विर्तामोड परिक्रमा पश्चात कोणसभामा परिणत भएको थियो ।

हजारौँको सहभागिता रहेको र्यालीका सहभागीले ‘लिम्बुवान प्रदेश नबनिकन चुनाव हुन नदिने’ भन्दै विभिन्न चर्का नारा घन्काएका थिए ।
र्यालीको नेतृत्व लिम्बुवान मोर्चाका शीर्ष नेताहरु सञ्जुहाङ पालुङ्वा, कुमार लिङ्देन र मिसेकहाङले गरेका थिए ।
चुनाव वहिष्कार गर्ने निर्णयका साथ उनीहरुले हालै संयुक्त लिम्बुवान मोर्चा गठन गरेका हुन् ।

lb 22चुनाव वहिष्कारको मोर्चामा सङ्घीय लिम्बुवान पार्टी नेपाल, सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्च, लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टी, सङ्घीय समाजवादी फोरमको लिम्बुवान प्रदेश समिति, राष्ट्रिय जनमुक्ति पार्टीको लिम्बुवान प्रान्तीय परिषद् र लिम्बुवान मुक्ति मोर्चा (सङ्घीयबादी) रहेका छन् ।

नवगठित लिम्बुवान मोर्चाले संविधान बमोजिमका ७ प्रदेश र स्थानीय निकायको संरचनालाई अस्वीकार गर्दै लिम्बुवानका सबै क्षेत्रमा सशक्त प्रतिरोधका कार्यक्रमहरु सञ्चालन गर्ने र केन्द्रमा मधेशी मोर्चालगायतको सङ्घीय गठबन्धनले चुनाव विथोल्न घोषणा गरेका कार्यक्रमसँग सहकार्य गरी आन्दोलन सशक्त बनाउने निर्णय गरेको थियो । तर मधेशी मोर्चा सरकारसँग सहमतिमा गएपछि लिम्बुवान मोर्चा आफैले बहिष्कार आन्दोलन अघि बढाउने जनाएको छ ।

सङ्घीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले लिम्बुवान क्षेत्रमा स्थानीय तहको चुनाव गर्न नदिइने चेतावनी दिएका छन् ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले मधेशी मोर्चा सहमतिमा गए पनि लिम्बुवान आन्दोलनकै मैदानमा भिड्न तयार रहेको बताए ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: