चुनाव वहिष्कार गर्ने ‘लिम्बुवान’को निर्णय

  प्रकाशित मिति
३१ चैत्र २०७३, बिहीबार २३:०३


विर्तामोड । लिम्बुवान प्रदेश निर्माण नगरी निर्वाचन गर्नु धोका हो भन्दै लिम्बुवान समर्थक एक दर्जन सङ्गठनले आउँदो स्थानीय नगर तथा गाउँपालिकाको चुनाव वहिष्कार गर्ने निर्णय गरेका छन् ।

विहीवार विर्तामोडमा सम्पन्न ती सङ्गठनका नेताहरुको बैठकले लिम्बुवान क्षेत्रमा चुनाव वहिष्कार गर्ने र लिम्बुवान प्राप्ति नभइञ्जेल सहकार्य गरिरहने निर्णयका साथ मोर्चाबन्दी समेत गरेका छन् ।

सो निर्णयमा लिम्बुवान प्रदेशमा क्रियाशील सङ्घीय लिम्बुवान पार्टी नेपालका लाजेहाङ साम्यू, सङ्घीय लोकतान्त्रिक मञ्चका यलम्बर खम्बु, लिम्बुवान क्रान्तिकारीका युवराज याख्या, किरात याक्थुम चुम्लुङका ध्रुव सुब्बा, लोकसागर साम्बा, परशुराम थापा मगर लगायतले हस्ताक्षर गरेका छन् ।

‘लिम्बुवान प्राप्ति नभइकन धोकापूर्ण तरीकाले महेन्द्रीय शैलीमा गरिने स्थानीय निर्वाचन सक्रिय रुपमा वहिष्कार गर्ने निर्णय भएको छ’–लिम्बुवान एकताका लागि पहल गरिरहेका युवा नेता लाजेहाङ साम्यूले लोकतन्त्रसँग भने ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: