चुनाव विद्यार्थीको, दौडधुप दलका नेताहरुको

  प्रकाशित मिति
१७ फाल्गुन २०७३, मंगलवार ११:२०


16939556_1746984652281948_7290900053738083290_n (1)

झापा । लामो समयपछि बुधवार हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले यतिबेला देशभरको राजनीतिक माहोल तातेको छ ।

त्रिभुवन विश्वविद्यालय मातहतका सरकारी तथा प्राइभेट क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूको नेतृत्व चयन गर्ने प्रव्रिmया भए पनि यसको प्रभाव राजनीतिक दलमा परेको छ ।

दलहरुले यो निर्वाचनलाई आफ्नो अस्तित्वको लडाइका रुपमा समेत लिएका छन् । त्यसैले राजनीतिक दलको तागत नाप्ने गरी यसलाई मिनी संसदीय चुनावको रुपमा हेर्न थालिएको छ ।

नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ, नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियु, माओवादी केन्द्रको भ्रातृ सङ्गठन अनेरास्ववियु व्रmान्तिकारीलगायतका विद्यार्थी सङ्गठनहरु चुनावमा होमिएका छन् ।

गाउँ–गाउँबाट अध्ययनका लागि शहर आएका विद्यार्थीहरूको घरमै पुगेर नेताहरू भोट माग्न व्यस्त छन् । यसमा विद्यार्थी भन्दा पनि नेताहरूको सव्रिmयता बढेको देखिन्छ ।

‘चुनाव विद्यार्थीको भए पनि दलका नेताहरू नै आउने गरेका छन्’, काँकरभिट्टा क्याम्पसमा अध्ययन गर्ने एक विद्यार्थी भन्छन्–‘हामी त चुनाव हाम्रो हो कि दलका नेताहरुको हो बुझ्न सकिरहेका छैनौ ।’

सोमवार कनकाई क्याम्पसका नेवि सङ्घ र अनेरास्वनियुका विद्थार्थीसहित नेताहरू शान्तिनगर, बुधवारे, शनिश्चरेलगायतका गाविसमा विद्यार्थीको घरघरै पुगेका थिए ।

राजनीतिक दलकै अगुवाईमा हरेक क्याम्पसमा स्ववियु निर्वाचनका लागि हरेक सङ्गठनको सम्पर्क कार्यालय स्थापना गरिएको छ । त्यहाँ पनि विद्यार्थी भन्दा पार्टीका नेताहरूको जमघट हुने गरेको छ ।

सोमवार लोकतन्त्रकर्मी झापाका केही क्याम्पसमा पुग्दा विद्यार्थी सरह नेताहरूको जमघट थियो । उनीहरू क्याम्पस समय अवधिभर त्यहीँ बस्थे भने विभिन्न चुनावी रणनीति र योजना निर्माणमा उनीहरुकै भूमिका देखिने गरेको छ ।

विद्यार्थीका अभिभावकसँगको सम्पर्क, खर्चको व्यवस्थापनमा समेत दलकै नेताहरुले सहयोग पुर्याउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: