चुनाव सार्ने नयाँ कसरत

  प्रकाशित मिति
१६ बैशाख २०७४, शनिबार २२:०३


झापा । पहिलो चरणको निर्वाचन हुने प्रदेशहरुमा उम्मेद्वारी दर्ताको मिति नजिकिएको अवस्थामा दलहरु भने चुनाव अर्कै मितिमा एकैचरणमा गर्ने निष्कर्ष नजिक पुगेका छन् ।

सरकारले दलहरुसँग विभिन्न चरणमा बाक्लै वार्ता गरिरहेको छ । यही क्रममा बैशाख ३१ र जेठ ३१ को सट्टा जेठ १० को छेउछाउ पारेर नयाँ मितिमा चुनाव एकै चरणमा गर्नु पर्ने धारणा आएको छ ।

चुनाव दुई चरणमा गर्दा बजेट, मतगणना, नयाँ मतदाता दर्ता लगायतका विभिन्न विषयमा जटिलता उत्पन्न हुने भए पछि दलहरु चुनावको नयाँ मिति खोज्नतिर लागेका हुन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट जारी गर्ने जेठ १५ को मितिभन्दा अगावै एकै चरणमा चुनाव गर्न प्रस्ताव गरेको बुझिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पनि एकै चरणमा चुनाव गर्ने विषयमा सर्वदलीय बैठकमा सहमति माग्ने गरेका छन् ।

मधेशी मोर्चा चुनाव जुन मितिमा गरे पनि फरक नपर्ने तर संविधान संशोधन चाहिँ आफ्नो बटमलाइन भएको बताउँछन् ।

आइतवार वा सोमवारसम्ममा चुनाव सार्ने विषयमा टुङ्गो लगाउने तयारी भइरहेको बताइएको छ ।
यसैविच निर्वाचन आयोगले आगामी जेठ १५ मा बजेट ल्याउन सरकारलाई रोकेको छ ।

दुई चरणको निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु आचार संहिता विपरित हुने आयोगको ठहर छ ।
आयोगको शनिबार बसेको बैठकले निर्वाचनको बीचमा बजेट ल्याउँदा आचार संहिता अनुकूल नहुने ठहर गर्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

निर्वाचन आयोगका पदाधिकारीहरुले सुरुमा चुनावलाई प्रभावित पार्ने कार्यक्रम नराखी बजेट ल्याउन सक्ने बताएका थिए । तर, प्रमुख विपक्षी एमालेले आपत्ति जनाएपछि आयोगले चुनावको बीचमा बजेट ल्याउन रोकेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: