चुम्लुङ दिवसमा सम्मान र नृत्य

  प्रकाशित मिति
१७ भाद्र २०७३, शुक्रबार १५:४५


DSCN0406
इटाभट्टा । किराँत याक्थुङ चुम्लुङ मेचीनगरले आफ्नो २८औँ स्थापना दिवस शुव्रmवार विविध कार्यव्रmमको आयोजना गरि मनाएको छ ।
चुम्लुङको मेचीनगर–१२ स्थित सामुदायिक भवनमा आयोजित कार्यव्रmममा सम्मान तथा सांस्कृतिक कार्यव्रmमसहित स्थापना दिवस मनाएको हो ।

कार्यव्रmममा यस वर्षको एसएलसी परीक्षामा उत्तीर्ण हुने चुम्लुङका सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा सुनिता लिम्बू, कती खेवा, स्मृति तुम्रोक, अबिनाश नेम्बाङ, निशा तुम्रोक, मन्जिल लिम्बू, सारा लिम्बू, पुजा मादेन, मनुष थोङहाङ, सोनुहाङ इजम, दिपा लिवाङ, आरजु लिम्बू, सरस्वती आङदेम्बे, सन्तोष लिम्बू, पार्वता योङहाङ र मनिष बखिम रहेका छन् ।

DSCN0409

चुम्लुङका मेचीनगर अध्यक्ष दिलिप आङदेम्बेको सभापतित्व तथा सांसद नरेन्द्रविव्रmम नेम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmममा चुम्लुङका केन्द्रीय सदस्य जीतबहादुर लावती, पूर्व नगर अध्यक्ष हर्क फ्याक, विशेष अतिथि संस्थाका जग्गादाता डम्बरबहादुर इदिङ्गो, नेपाली काङग्रेसका जिल्ला सचिव प्रेम सम्बाहाम्फे, आदीवासी महासङ्घ मेचीनगरका अध्यक्ष केवलराम राई, हस्तबहादुर इदिङगो, थामी समाजका जिल्ला अध्यक्ष लालबहादुर थामी, तामाङ घेदुङ्घ सङ्घ मेचीनगरका उपाध्यक्ष जयप्रसाद तामाङ (च्याङवा), सङ्घीय समाजवादीका विवेक साम्सुहाङ, चुम्लुङका पूर्व सचिव हस्त आङदेम्बे, सल्लाहकार धनकुमारी केरुङलगायतले बोलेका थिए ।

यसैगरी निवर्तमान अध्यक्ष हर्क फ्याकले आफ्ना बुबा आमा विर्खबहादुर फ्याक र फिपरानी फ्याकको सम्झनामा नगरस्तरीय च्याबु्रङ नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । विजेता टिमले व्रmमश ५ हजार, ३ हजार र २ हजार नगद प्राप्त गरेका छन् ।
उपाध्यक्ष धनप्रसाद केरुङले स्वागत गरेको कार्यव्रmमको सञ्चालन सचिव डिकमाया इदिङगो र कोषाध्यक्ष मिरा लिम्बूले गरेका थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: