चेन्नईमा मान्छे खेदाउँदै ‘कोरोना अटो’

  प्रकाशित मिति
१२ बैशाख २०७७, शुक्रबार १६:५३


झापा । भारतको चेन्नई सरकारले लकडाउन उल्लंघन गर्ने मानिसहरुलाई ‘कोरोना अटो’ बाट खेदाउँन शुरु गरेको छ ।

‘कोरोना अटो’ मा प्रहरी तथा सरकारी अधिकारी चढेर लकडाउन उल्लंघन गर्ने मान्छेहरुलाई खेदाउँन शुरु गरेको हो ।

स्पाइक्स प्रोटिनहरु फैलिएको आकारमा निर्माण गरिएको अटोमा प्रहरीले लकडाउनमा सडकमा निस्केका मानिसलाई खेदाउने, पक्रिने र कारवाहीसम्म गर्न थालेको छ ।

चेन्नईका बिगउथामले ‘कोरोना अटो’ निर्माण गरेका हुन् । बिगउथामले यसअघि ‘कोरोना भाइरस हेल्मट’ समेत बनाएका थिए ।

भाइरस फैलिनबाट रोक्ने भन्दै भारत सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्दै धेरै मानिस घरबाट निस्किएपछि भाइरसप्रति सतर्क बनाउन र भाइरसको संक्रमण भएको खण्डमा उत्पन्न हुने डरको महसुस गराउन उनले हेल्मेट बनाएका थिए ।

उक्त हेल्मेटको प्रयोग गर्दै प्रहरीले अटेर गर्दै सडकमा निस्कनेहरुलाई भाइरसको खतराप्रति सजग बनाउने प्रयास गरेका थिए । यद्यपि, अझैपनि चेन्नईका कतिपय क्षेत्रमा लकडाउन उल्लंघन गर्ने क्रम रोकिएको छैन ।

कोरोना अटोमा प्रहरीले लकडाउनको निरीक्षण गर्न सुरु गरेका छन् । अनावश्यक रुपमा घर बाहिर निस्किएका मानिसहरुलाई अटोले पछ्याउँदै सतर्क गर्ने बताइएको छ ।

यस्तै, मास्क नलगाइ सडकमा हिँड्नेहरुलाई अटोमा बसेका अधिकारीहरुले भारतीय एकसय रुपैयाँ जरिवाना तिर्न लगाउने गरेको छ । यसरी जरिवाना गरिएकाहरुलाई चारवटा मास्क पनि दिने गरिएको छ ।

सडकमा मानिसहरु निस्किँदा कोरोनाले संक्रमित बनाउन सक्ने भन्दै मानिसलाई सर्तक बनाउन यो अटोको निर्माण गरिएको गउथामले बताएका छन् । (पहिलोपोष्टबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: