चेन्नाईबाट काँकरभिट्टा भित्रिएका थिए मेचीनगरको तेस्रो संक्रमित

  प्रकाशित मिति
१ असार २०७७, सोमबार १८:०७


मेचीनगर । मेचीनगरमा तेस्रो व्यक्तिका रुपमा कोरोना संक्रमित पुष्टि भएका २२ वर्षीय एक पुरुष भारतको चेन्नाईबाट गत जेठ २७ गते काँकरभिट्टा आइपुगेका थिए ।

चेन्नाईबाट उनी गत जेठ २७ गते नेपाल–भारत सीमा नाकाको दशगजा स्थित मेचीपुलमा आइपुगेका थिए ।

उनलाई मेचीपुलबाट एम्बुलेन्समा हालेर सिधै मेचीनगर–५ स्थित घर नजिकैको बालकल्याण माविको क्वारेन्टाइनमा राखिएको थियो ।

उक्त क्वारेन्टाइनमा बसेका ४४ जना मध्ये ३८ जनाको गत जेठ २७ गतेनै पीसीआर टेष्ट गरिएको थियो ।

३८ जना मध्ये उनको मात्र पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

सोमबार मेचीनगरमा ५२ जनाको पीसीआर रिपोर्ट आएको थियो जसमध्ये उनको मात्र पीसीआर रिपोर्ट पोजटिभ आएको मेचीनगरपालिका क्वारेन्टाइन समन्वय समितिका संयोजक नविन बरालले जानकारी दिए ।

कोरोना संक्रमितलाई सोमबारै धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा पठाइने बरालले बताए । योसँगै मेचीनगरमा संक्रमितको संख्या ३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: