चेस खेल्न आइपुगे विदेशी खेलाडी

  प्रकाशित मिति
१९ फाल्गुन २०७६, सोमबार १५:५५


अर्जुन कार्की

मेचीनगर । नाइट चेस क्लब काँकरभिट्टाले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

स्वर्गीय पिवी थापाको स्मृतिमा क्लबले मङ्गलबारदेखि फागुन २५ गतेसम्म दोस्रो चरणको प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा गरेको हो । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा मङ्गलबारदेखि हुने प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेशका खेलाडीहरु काँकरभिट्टा आइसकेको नाइट चेस क्लबका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

प्रतियोगितामा सहभागिताका लागि बङ्गलादेशका ५ जना, भारतका ३० जना तथा नेपालका ४० जना खेलाडीहरु काँकरभिट्टा आइसकेको उनले बताए । उक्त देशका खेलाडीहरु आउने क्रम जारी रहेको क्लबले जनाएको छ । ७ वर्षदेखि ८० वर्षका ज्येष्ठ नागरिकसमेत प्रतियोगितामा भाग लिने भएका छन् ।

 

कोरोना भाइरसका कारण भुटान सरकारले खेलाडीहरुलाई बाहिर नजान आदेश जारी गरेकोले भुटानबाट खेलाडी नआउने पक्का भएको अध्यक्ष कार्कीको भनाइ छ । उनका अनुसार नेपाल र अन्य देशका बुद्धिचाल संघको नियमअनुसार खेलाडीहरु आउने छन् ।

प्रतियोगिताको प्रथम हुने खेलाडीलाई ६० हजार, दोस्रोलाई ४० हजार र तेस्रो हुने खेलाडीलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने क्लबका महासचिव असोक राईले बताए । चौथो हुनेलाई १८ हजार, पाचौँलाई १५ हजार, छैठौँलाई १२ हजार र सातौँ पुरस्कार विजेतालाई ९ हजार नगद पुरस्कार प्राप्त हुने उनले बताए ।

प्रतियोगितामा विजेता हुने ३८ जना खेलाडीहरुलाई १ हजारदेखि ६० हजार रुपैयाँसम्म नगद पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा पशुपति अङ्ग्रेजी मावि काँकरभिट्टा रहेको छ । माविकी प्रिन्सिपल अनिता थापाका बुबा पिवी थापाको स्मृतिमा गतवर्षदेखि प्रतियोगिता सञ्चालन हुँदै आएको छ । क्लबले प्रतियोगिता सम्पन्न गर्नका लागि २४ लाख १४ हजार रुपैयाँ अनुमानित खर्च लाग्ने जनाएको छ ।

प्रदेश सरकार, मेचीनगरपालिका, मेची उद्योग बाणिज्य संघ, अर्ना वियर, काँकरभिट्टा आँखा अस्पताल लगायतका सहयोगी संस्थाका रुपमा रहने क्लबले जनाएको छ । प्रतियोगिताका प्रमुख आर्विटार विजयकुमार थापा काँकरभिट्टा आइसकेका छन् ।

सहयोगी संस्था युमा चेस एकाडेमी एवम् प्रतियोगिताको निर्देशको रुपमा विश्वविजय घिमिरे छन् । प्रतियोगिताको उद्घाटन प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: