चैनपुरमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

  प्रकाशित मिति
१२ पुष २०७७, आईतवार १९:३७


झापा, १२ पुस । चैनपुर–४ मैदानेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच आइतबार दिउँसो गोली हानाहान भएको छ ।

दिउँसो ३ बजेदेखि विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको हो ।

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले क्षतिको विवरण केही नआएको बताए । विप्लवका जिल्ला ईन्चार्ज युवराज राई ‘उत्तरकुमार’ सहितका कार्यकर्ता मैदानेमा लुकेर बसेको थाहा पाएर प्रहरी गस्तीमा निस्केको थियो ।

गस्तीमा रहेको प्रहरी र उनीहरुबीच गोली हानाहान भएको हो । प्रहरीले विप्लवका कार्यकर्ताले ६ राउन्ड गोली चलाएको बताएको छ । प्रहरीले घटनास्थलबाट विस्फोटक सामग्री बरामद भएको जनाएको छ । तर प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेन ।

जंगलितर भागेका विप्लवका कार्यकर्ता खोज्न प्रहरी परिचालित गरिएको छ । यसअघि मैदानेमा नै दुई पटकसम्म प्रहरी र विप्लवका कार्यकर्चाबीच गोली हानाहान भएको छ ।

(फरकधार)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: