चोरीका गाडीसहित पूर्व माओवादी कार्यकर्ता पव्रmाउ

  प्रकाशित मिति
३ माघ २०७२, आईतवार १३:३४


काँकरभिट्टा ।  भारतीय प्रहरीले चोरीको गाडी र गाजासहित एक नेपालीलाई पानीट्याङ्कीवाट पव्रmाउ गरेको छ । नेपाल–भारत सीमाको पानीट्याङ्कीस्थित एक होटलवाट मोरङ उर्लावारीको सुसन भनिने राजेश्वर लिम्वुलाई शनिवार साँझ पव्रmाउ गरिएको खोरीवारी प्रहरी कार्यालयले जनाएको छ । लिम्वुको साथवाट करिव एक किलो गाँजा, नेपाल नम्वरको चोरीको मोटरसाइकल र वोलेरो जिप पनि वरामद गरिएको छ ।

अभियुक्त माओवादीका पूर्व नेता  रहेको र उनको लिम्वुको अन्र्तराष्ट्रिय तस्कर गिरोहसँग साँठगाँठ गरेको भारतीय प्रहरीको दावी छ । नेपालका विभिन्न प्रहरी कार्यालयमा उनका दर्जनौ मुद्दा दर्ता छन् । केही समय अघि उनी जेल समेत बसेका थिए ।

दार्जीलिङ प्रहरीका एसपी अमित पी जावल्गीले लागू औषध, हतियार  कारोवार र मानव अपरहण जस्ता अपराध कर्ममा लिम्वुको संलग्नता पुष्टि भएको बताए । लिम्वुलाई चार दिनका लागि प्रहरी हिरासतमा राखिएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी श्यामकृष्ण अधिकारीले लिम्वु पव्रmाउबारे भारतीय प्रहरीले जानकारी गराएको बताए । अधिकारीका अनुसार उनी केही दिन अघि एउटा अपहरण घटनामा समेत संलग्न भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: