चोरीका सामान किन्नेहरु पक्राउ

  प्रकाशित मिति
५ श्रावण २०७५, शनिबार १०:१२


विर्तामोड । इलाका प्रहरी कार्यालय विर्तामोडले चोरीका सामान सस्तोमा किनेको अभियोगमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

इप्रका विर्तामोडका अनुसार चोरी विर्तामोड–१ का जग्गु भनिने दिपेश खवासलाई सामान चोरी गरेको अभियोगमा पक्राउ गरिएको छ भने अन्य १० जनालाई चोरीको सामान सस्तोमा किनेको आरोप लागेको छ ।

चोरीका सामान किन्नु कानून बमोजिम अपराध ठहरिने प्रहरीको भनाई छ ।

इप्रकाका डीएसपी कृष्णप्रसाद कोइरालाले असारको पहिलो साता नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) झापाको कार्यालयबाट दुई वटा कम्प्युटर चोरी भएको र प्रहरीले ती सामान फेला पारेको जानकारी दिएका छन् ।

चोरीको अभियोग लागेका खवासले नेकपाको कार्यालयबाट चोरी भएको ती दुई वटा कम्प्युटर ६ हजारमा विक्री गरेको वयान दिएका छन् ।

चोरीमा संलग्न व्यक्ति पक्राउ परेपछि प्रहरीले सस्तोमा चोरीका सामान किन्ने व्यक्तिलाई समेत घरघरै गएर पक्राउ गरेको थियो ।

प्रहरीले सस्तोमा विक्री भइसकेका कम्प्युटर, टिभी, प्रोजेक्टर र ल्यापटप समेत सबै सामान वरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: