चोरीको ल्यापटप बेच्न ग्राहक खोज्दाखोज्दै पक्राउ

  प्रकाशित मिति
१० माघ २०७७, शनिबार १९:३८


विर्तामोड, १० माघ । चोरीको ल्यापटप सस्तोमा बेच्न ग्राहक खोज्दै हिँडेका दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरु दमक नगरपालिका वडा नं. ७ का ३० वर्षीय अजय मल्लिक र २० वर्षीय देव परियार रहेका छन् ।

एसर र एचपी कम्पनीको दुई थान ल्यापटप बोकेर विर्तामोडको बुट्टाबारी बजार क्षेत्रमा ग्राहक खोज्दै हिँडेका उनीहरुलाई प्रहरीले शुक्रवार अपरान्ह पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले ती ल्यापटप दमकबाट चोरेर ल्याएको पत्तो लागेको जानकारी दिए ।

दुबै अभियुक्तलाई अनुसन्धानका लागि अदालतबाट म्याद थपेर हिरासतमा राखिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: