चौघेराले छेकेन तीजलाई

  प्रकाशित मिति
१८ भाद्र २०७३, शनिबार ०९:५७


jail 4भद्रपुर । मेचीनगर लेडी जेसीजले झापा कारागारका महिला कैदीबन्दीसँग तीज पर्व मनाएको छ । तीज विशेष कार्यक्रम अन्तरगत दर खुवाइएको हो । मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्माको नेतृत्वमा जेसीज टोलीले झापा कारागारका ३ जना बालबालिकासहित ७३ जना महिला कैदीबन्दीलाई तीजको दर खाने व्यवस्था मिलाएको हो ।jail 2

मेचीनगर लेडी जेसीजकी अध्यक्ष उषा श्रेष्ठको अध्यक्षता तथा जिल्ला कारागार झापाका कार्यालय प्रमुख यज्ञराज निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर जेसीजका अध्यक्ष jail 1भरत प्रसाई, सुरुङ्गा जेसीजकी अध्यक्ष सरला पोखरेल, बिर्तामोड लेडी जेसीजकी अध्यक्ष रजनी थपलिया बजगाँईलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक सुनिता पनेरुको स्वागत तथा शोभा श्रेष्ठको सञ्चालन रहेको कार्यक्रममा दर खानुका jail 6साथै विभिन्न तीजका गीतमा नृत्य प्रस्तुत गरिएको थियो ।

jail 8(२०७३ भदौ १८ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: