चौतारीमा बसेर फेसबुक चलाउँदै बुबाहरु

  प्रकाशित मिति
२४ फाल्गुन २०७३, मंगलवार १२:०८


chautaro 2शनिअर्जुन । अनुभव बाड्दै भलाकुसारी गर्ने उद्देश्यले झापा शनिअर्जुनका ज्येष्ठ नागरिकहरुले प्रविधि र सुविधायुक्त सार्वजनिक चौतारी निर्माण गरेका छन् ।

शनिअर्जुन–१ शनिश्चरे बजारमा करीव ५ लाख रुपैयाँको लागतमा निर्माण भएको चौतारीमा बसेर भलाकुसारी गर्नका लागि २८ जना अटाउन सकिने आरामदायी फलामे फलैचा निर्माण गरिएको छ ।

ज्येष्ठ नागरिकहरुले दर्ता गरेको सामुदायिक मिलन केन्द्र नामक संस्थाले विहान ४ बजेदेखि राति १० बजेसम्म चौतारीमा निःशुल्क इन्टरनेट (वाइफाइ) र पत्रपत्रिका पढ्ने व्यवस्था मिलाएको केन्द्रका अध्यक्ष रामप्रसाद भट्टराई बताउँछन् ।

स्थानीय ज्येष्ठ नागरिकहरुले चौतारो निर्माणका लागि आफ्नै पहलमा २ लाख रुपैयाँ सङ्कलन गरेपछि शनिअर्जुन नगरपालिकाले अन्य रकम उपलब्ध गराएको थियो । ज्येष्ठ नागरिकहरुको रचनात्मक सक्रियता देखेर सहारा नेपाल नाम गैरसरकारी संस्थाले केन्द्रको भवन बनाइदिने घोषणा गरेको छ ।

छतिउनको ३ वटा ठूलो रुखको फेदमा पक्की संरचना बनाएर त्यसमाथि फलामे फलैचा राखिएका छन् । फलैचामा भेला भएर ज्येष्ठ नागरिकहरु मोवाइलमा फेसबुक, ट्वीटर र स्काइप चलाउने गर्छन् ।

घरमा खाना खाएर वरपरका अधिकांश वृद्धहरु दिनभर चौतारीमा भेला हुने र आफ्ना अनुभव आदानप्रदान र विदेशमा भएका आफ्ना छोराछोरी र नातिनातिनासँग भिडियो च्याटमा रमाउने गरेको शनिअर्जुन नगर विकास समितिका अध्यक्ष कुमार भट्टराई बताउँछन् ।

झापाको शनिश्चरे सयौ वर्ष पुरानो बस्ती हो । यहाँका ज्येष्ठ नागरिकहरु पढेलेखेका छन् । चौतारीमा नियमित आउनेमा पूर्व बन मन्त्री वीरमणि ढकाल, झापा जिविसका पूर्व सभापति कृष्णप्रसाद मिश्र लगायत हुनुहुन्छ । चौतारीबाट २ सय मिटरको दुरीमा प्रसिद्ध अर्जुनधारा जलेश्वर धाम रहेको छ ।

ज्येष्ठ नागरिकसँग भएका अनुभव साटासाट गर्ने र आफ्नो क्षेत्रको सामाजिक विकासमा योगदान पुर्याउने लक्ष्यले ज्येष्ठ नागरिकहरुले सङ्गठित प्रयास गरिरहेको पूर्व मन्त्री ढकाल बताउँछन् ।

निःशुल्क इन्टरनेट सुविधाका लागि खर्च जुटाउन ज्येष्ठ नागरिकहरुले चौतारीमा खुत्रुके राखेका छन् । वाईफाई चलाउने व्यक्तिहरुले स्वेच्छाले खुत्रुेकमा सहयोग रकम जम्मा गरिदिदै आएका छन् ।

ज्येष्ठ नागरिकका लागि बनाइएको भनिए पनि निःशुल्क वाईफाई सुविधा उपयोग गर्न तन्नेरी पुस्ताको समेत चौतारीमा भीड लाग्ने गरेको छ । पुरानो र नयाँ पुस्ताविच भलाकुसारी गर्नका लागि चौतारी गजवको प्लेटफर्म बनेको शनिअर्जुन प्रेस क्लवका अध्यक्ष दिपीन राई बताउँछन् ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: