चौतारीले उत्कृष्ट समाचारलाई पुरस्कृत गर्ने

  प्रकाशित मिति
२६ श्रावण २०७३, बुधबार १५:४१


बिर्तामोड । प्रेस चौतारी नेपाल पूर्व क्षेत्रीय कमिटीको पहिलो बैठकले आफ्नो माई पूर्वका पत्रकार मध्ये उत्कृष्ट समाचार लेख्ने एक जना पत्रकारलाई प्रत्येक चार महिनामा पुरस्कृत गर्ने निणर््य गरेको छ ।

बुधबार बिर्तामोडस्थित प्रेस चौतारी झापाको कार्यालयमा भएको क्षेत्रीय कमिटीको पहिलो बैठकले पत्रकारलाई सक्रिय र जिम्मेवारी बनाउने उद्देश्यले सो क्षेत्रका पत्रकारले चार महिना भित्र आफूले लेखेको समाचार पूवै क्षेत्रीय कमिटीमा पेस गरेर उत्कृष्ट भएमा उसलाई पुरस्कृत गर्ने निर्णय गरेको पूर्व क्षेत्रिय कमिटीका अध्यक्ष पुष्प बरालले जानकारी दिएका छन् ।

साथै बैठकले पत्रकार उपचार कोषमा आफ्ना सदस्यलाई आवद्ध हुन निदेशन पनि दिएको छ । बैठकले पत्रकारको क्षमता अभिबृद्धि गर्न तालिमको पनि आयोजना गर्ने निर्णय गरेको छ । पत्रकारले पनि समाजको विकासमा निम्ति महत्वपूर्ण भुमिका खेल्न सक्छ भन्ने सन्देश दिन विभिन्न रचनात्मक कार्य गर्ने निर्णय गरेको छ ।

पूर्व क्षेत्रीय कमिटीलाई चलायमान र गतिशील बनायन संगठमा आबद्ध सबै पत्रकार सक्रिय हुनुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: